वरुणसँग अनुष्का

सोमबार, २३ असोज २०७४, ०२ : २३ शुक्रवार
वरुणसँग अनुष्का

पछिल्लो समयका चर्चित युवा अभिनेता वरुण धवनसँग अनुष्का शर्मा अनस्क्रिन रोमान्स गर्ने पक्का भएको छ । यसअघि कहिल्यै सँगै नदेखिएका उनीहरु पहिलोपटक पर्दामा प्रेमालाप गर्ने छन् । केही दिन अघि गान्धी जयन्ती मनाउने क्रममा यशराज फिल्मस्ले ‘सुई धागा–मेड इन इन्डिया’को टिजर सार्वजनिक गरेसँगै यो कुराको रहस्य बाहिर आएको हो । फिल्म गान्धीको मेड इन इन्डिया अभियानमा आधारित हुने र त्यही थिममा मनोरञ्जनक र शिक्षाप्रद हुने बताइएको छ । फिल्ममा वरुण र अनुष्काको अड र फ्रेस पेयरिङ बक्स अफिसमा ब्लकबस्टर हुने विज्ञहरु बताउँछन् ।

Leave A Comment