नक्कली काजोल

आइतबार, २२ असोज २०७४, १० : ०९ शुक्रवार
नक्कली काजोल

‘दिलवाले दुल्हनीया ले जायेंगे’बाट धेरै प्रशंसा कमाएकी काजोल फिल्म नखेलेको धेरै धयो । २०१५मा उनी ‘दिल्वाले’मा देखा परेकी थिइन् । ‘बाजीगर’, ‘माई नेम इज खान’ र ‘फना’ उनका ब्लकबस्टर फिल्म हुन् । उनै काजोलले प्रशंसकहरुलाई भुलाउन आजभोली सामाजिक सञ्जाल इन्स्टाग्रामको सहायता लिन थालेकी छन् । केही समयअघि उनले ‘नटी अर नाइस...यु चुज’ भन्दै दुई भिन्न अवतारका तस्बिर पोस्ट गरेकी थिइन् । सालिन रुपमा कपाल लुज छोडिएको अवस्थामा उनी निकै सुन्दर र कामुक देखिएकी छन् । तस्बिरमा उनी मज्जाले मुस्कुराइरहेकी पनि देख्न सकिन्छ । फिल्म नपाएर हो वा नखेलेर उनी इन्स्टाग्राममा यसरी आउनुमा उनको तडकभडक भनेर बलिउड पण्डितहरु सुझाउँछन् ।
 

Leave A Comment