ह्याकर्सलाई नाङ्गा तस्बिर !

आइतबार, २२ असोज २०७४, १० : ०१ शुक्रवार
ह्याकर्सलाई नाङ्गा तस्बिर !

कम्प्युटरमा भाइरस केका लागि पठाइन्छ ? सिधासिधा भन्ने हो भने पैसाका लागि तर हालै बजारमा देखिएको एनरेन्समवेयर भाइरसको काम चाहिँ नाङ्गा फोटो माग गर्नु रहेको छ । यसअघि चर्चामा आएका रेन्समवेयरले संसारभरिका कम्प्युटर लक गरिदिएको थियो, अहिले चर्चामा आएको एनरेन्समवेयरले भने नाङ्गा तस्बिर मागेर हैरान पारेको छ ।
शोधकर्ताका अनुसार, भाइरस आक्रमण भएपछि कम्प्युटरभित्र छिर्न सकिँदैन । यस्तो अवस्थामा कम्प्युटरभित्र छिर्नेबित्तिकै ह्याकरको एउटा सन्देश देखिन्छ । जसमा भनिएको हुन्छ, ‘तपाईंको कम्प्युटर लक गरिएको छ । यसका लागि तपाईंले खास किसिमको कोड हानेपछि मात्र खुल्छ ।’ स्क्रिनमा म्यासेजसँगै एउटा इमेल एड्रेस पनि हुन्छ ।
स्क्रिनमा लेखिएको हुन्छ, ‘अहिले तुरुन्तै तपाईंले हाम्रो जवाफ पाउनु हुन्न तर जुन बेला सन्देश दिन्छौँ, त्यो बेला तपाईंका १० वटा नाङ्गा तस्बिर पठाउनु पर्नेछ । त्यो तस्बिर तपाईंकै हुनुपर्नेछ । यसपछि मात्र हामी तपाईंलाई अनलक कोड दिनेछौँ ।’
एनरेन्समवेयर यतिमा मात्र सीमित हुँदैन । ह्याकरले म्यासेजमा भनेका छन्, ‘तपाईंका यी तस्बिर डिप वेबमा बेचिनेछ ।’
शोधकर्ताहरुले यस किसिमको एनरेन्समवेयरलाई खतरनाक भाइरसको श्रेणीमा राखेका छन् । 
यस्ता आक्रमणबाट कसरी बच्ने ?
साइबर सुरक्षा विशेषज्ञ जोन स्नो भन्छन्, ‘यस्ता भाइरसले तपाईंका फाइललाई लक मात्र गर्दैनन्, भित्र छिर्नै बन्द गरिदिन्छन् । यस्ता भाइरसले खासगरी विन्डोज चलाउनेलाई प्रभावित तुल्याउने गरेका छन् ।
ब्ल्याकमेलपछि के गर्ने ?
स्नोका अनुसार, साइबर अट्याक भएपछि तपाईंले तिनले भनेजस्तै गर्न हुँदैन । तपाईंका निजी जानकारी र तस्बिर दिन पनि हुँदैन । उनीहरुले भनेजस्तै गर्नुभयो भने तपाईंको सिस्टम पुनः फर्कने आश नगर्दा पनि हुन्छ । 
साइबर अट्याकबाट कसरी बच्ने ?
विशेषज्ञहरुका अनुसार, अट्याकपछि तपाईंको आफ्नो सिस्टमलाई कन्ट्रोल+अल्ट+सिफ्ट+एफ४ कमान्डलाई बढीभन्दा बढी पटक हानेर अनलक गर्नुपर्छ । तपाईंको आइपी एड्रेस पनि लुकाउनुस् । नचिनेको कुनै पनि लिङ्क वा बटमलाई क्लिक नगर्नुस् ।
तपाईको कम्प्युटर भाइरसप्रभावित भएको थाहा पाएपछि नेटवर्क बन्द गर्नुस् ।

Leave A Comment