स्वस्तिमालाई राहत

आइतबार, २२ असोज २०७४, ०९ : ५२ शुक्रवार
स्वस्तिमालाई राहत

उद्योगकै सेलिब्रेटी निर्देशक निश्चल बस्नेतसँग विवाह गरेर पनि स्वस्तिमा खड्काको फिल्मी करियरले सोचेजस्तो गति लिएको छैन । पहिलो फिल्म ‘होस्टल रिटन्र्स’ हिट नै भएको तर हिटको क्रेडिट सबै हिरोहरुले लिएर गए । सोलो हिरोइन भएको ‘लभ लभ लभ’बाट उनलाई खुबै आश थियो तर त्यो फिल्मले पानी पनि भन्न पाएन । न त उनको कामकै तारिफ भयो । बरु निश्चलसँगै नाचेको ‘कुटुमा कुटु’ले स्वस्तिमालाई पहिचान दियो । यस्तोमा फेरि स्वस्तिमाको झोलीमा अर्को सफलता थपिएको छ, ‘छक्का पञ्जा २’को सफलताले । फिल्मले बम्पर कमाइ त गरिरहेको छ नै सँगसँगै स्वस्तिमाको काम पनि रुचाइएको छ । सोलो हिटको खोजीमा रहेकी स्वस्तिमालाई यसले थोरै भए पनि राहत दिएको छ । 

Leave A Comment