आमा बनिन् सोहा

शनिबार, २१ असोज २०७४, ०१ : ५३ शुक्रवार
आमा बनिन् सोहा

सैफ अलि खानकी बहिनी सोहा अलि खान आमा बनेकी छन् । आमा बनेको केही दिनमै उनको जन्मदिन झन् रमाइलो बनेको छ । सोहाले पति कुनाल खेमु र नयाँ छोरीसँगै जन्मदिन मनाउन पाउँदा निकै खुसी लागेको सामाजिक सञ्जालमा लेखेकी छन् । तस्बिरमा उनले, ‘तीन जना मिलेर जन्मदिन मनाउन पाउँदा निकै खुसी लागेको छ । तपाईंहरुको माया र साथका लागि मुरी मुरी धन्यवाद ।’ सोहाले गत सेप्टेम्बर २९ मा छारी इनाया नौमी खेमुलाई जन्माएकी थिइन् । सोहाका शादी नं १, रंग दे बसन्ती, तुम मिले चर्चित फिल्म हुन् ।

 

Leave A Comment