६० वर्षदेखिको केरा र पानीको भरमा

शनिबार, २१ असोज २०७४, ०१ : ५० शुक्रवार
६० वर्षदेखिको केरा र पानीको भरमा

भारतको मध्यप्रदेशकी एक ७५ वर्षे महिलाले आफू ६० वर्षदेखि एक सिता पनि अन्न र खानेकुरा नखाई केराको भरमा बाँच्दै आएको बताएकी छन् । सुन्दरेल गाउँकी ति वृद्धबारे एनटीडी टिभीमा खबर आएको थियो । सरस्वती देवी नामकी ति महिला पहिलो सन्तान लाभपछि टाइफाइडको शिकार भएकी थिइन् । उपचार सफलद भएपछि भने उनलाई खानपानमा रुचि भएन । पछि उनले छ दशकसम्म केरा र झोलिलो कुराको सेवन मात्र गरिन् । ७५ वर्षे सरस्वती अझै पनि आफ्नो खेतबारीमा काम गर्छिन् र परिवारलाई मद्दत गर्छिन् । अझ कतिपय अवस्थामा उनी हप्तामा एउटा केरा र पानी र चियाको भरमा मात्र गुजारा गर्ने परिवार स्रोत बताउँछ ।

 

Leave A Comment