बाघको डरले १२ बाँदरलाई हृदयघात

मङ्गलबार, १० असोज २०७४, १२ : १० शुक्रवार
बाघको डरले १२ बाँदरलाई हृदयघात

बाघको गर्जनकै कारण तर्सिएर भारतको जंगलमा १२ बाँदरलाई हृदयघात भएर मरेको त्यहाँका अधिकारीहरुले फेला पारेका छन् । सुन्दा अचम्म लाग्यो होला तर यो कुरा साँचो हो । पाटे बाघले तर्साएकै कारण एक दर्जन बाँदरको मृत्यु भएको खबर यतिबेला संसारभर भाइरल भएको छ । उत्तरी भारतको कोटवाली मोहम्मदी क्षेत्रको जंगलमा त्यहाँका स्थानीयहरुले एकसाथ १२ मृत बाँदर फेला पारेका थिए । पशु विज्ञहरुले बाँदर विष सेवनका मरेको हुन सक्ने शंका गरेका थिए तर त्यो गलत साबित भएको छ । जाँचपड्तालका क्रममा उनीहरु हृदयघातका कारण मरेको पाइएको थियो । उनीहरुको शंका के छ भने बाघको गर्जन र तर्साहटकै कारण उनीहरुको हृदयघातका कारण मरेका हुन सक्छन् । भेटनरी डाक्टर सञ्जीव कुमार भन्छन्, ‘पोस्टमार्टममा उनीहरु सबै हृदयघातका कारण मरेको पाइएको छ । बाँदरहरुको बाघको गर्जनले डराएर मरेका हुन् ।’ भाइरल भिडियोमा मरेका बाँदरहरुलाई बोरामा राख्दै गरेको देखिन्छ । त्यस क्षेत्रका स्थानीयहरुका अनुसार उक्त जंगल क्षेत्रमा केही समयदेखि बाघले बबन्डर मच्चाउँदै आइरहेको थियो र बाँदर मृत भेटिएको अघिल्लो रात बाघको गर्जन उनीहरुले पनि सुनेका थिए ।

Leave A Comment