दबंग सोनाक्षी

मङ्गलबार, १० असोज २०७४, १२ : ०२ शुक्रवार
दबंग सोनाक्षी

बलिउडकी प्रतिभावान अभिनेत्री सोनाक्षी सिन्हा ‘दबंग’बाट राम्रो चर्चा परिचर्चा कमाइन् । सलमान खानसँगको ‘दबंग’कै कारण उनी ‘दबंग’ गर्लका रुपमा परिचित भइन् । उनले केही पहिलेको फिल्म ‘अकिरा’मा समेत ‘दबंग’ लेडी नामलाई कायम राख्न एक्सन अवतारमा आइन् । उनै सोनाक्षी हाल ‘दबंग’ टुरका सिलसिलामा युकेमा छिन् । कार्यक्रमका लागि उनी सलमानसँगै पुगेकी छन् । उनले इन्स्टाग्राममा राखेको तस्बिरमा उनी निकै आक्रमकजस्ती देखिएकी छन् । तस्बिरले उनको ‘दबंग’ चरित्रलाई प्रस्तुत गरेको छ । अन्य अभिनेत्रीहरु सुन्दर तस्बिरमा मात्र राख्दै आइरहेको बेलामा उनको खुंखार तस्बिरले धेरैको मन जितेको छ । उनको पोसाक समेतले उनको व्यक्तित्वलाई पूर्णता दिएको विज्ञहरु बताउँछन् ।

Leave A Comment