सेलेनाको मृगौला प्रत्यारोपण

सोमबार, ०९ असोज २०७४, १२ : ५० शुक्रवार
सेलेनाको मृगौला प्रत्यारोपण

सेलेना गोमेज केही समयअघि मृगौला प्रत्यारोपण गरेको खबर बाहिरिएको थियो तर यसबारेमा उनका प्रशंसकहरुलाई केही थाहा पत्तो थिएन । मृगौला प्रत्यारोपणका समयमा उनी लो प्रोफाइल बसेकी थिइन् । पछि सामाजिक सञ्जालका साथै समाचारहरुमा उनको अस्पतालमा रहँदाको तस्बिर आएसँगै यो कुरा धेरैले चाख मानेर पढ्दै आइरहेका छन् । मृगौला प्रत्यारोपणका लागि आवश्यक मृगौला उनकी मिल्ने साथी फ्रान्सिया रैसाले दान गरेकी थिइन् । तर सेलेनाको मृगौला प्रत्यारोपण गर्न कोसँग सहयोग लिने भनेर उनकी आमा मन्डी टीफे अलमल परेकी थिइन् । पछि उनकै मिल्ने साथीले मृगौला दान गर्दा आफू निकै खुसी भएको र अर्की छोरीका रुपमा फ्रान्सिया पाएको बताएकी छन् ।

Leave A Comment