हार नखाएकी अनुष्का

सोमबार, ०९ असोज २०७४, १२ : ३६ शुक्रवार
हार नखाएकी अनुष्का

केही समयअघि शाहरुख खानसँग ‘जब हेरी मेट सेजल’मा आएकी  बलिउडकी चल्तीकी अभिनेत्री अनुष्का शर्मा तीनवटै खानहरु, सलमान, आमिर र शाहरुखसँग फिल्मी पर्दामा आइसकेकी छन् । तर बलिउडमा आउन उनलाई निकै हम्मेहम्मे परेको थियो । उनको संघर्षको कथा निकै लामो र रोचक पनि छ । केही दिनअघि एक सञ्चारमाध्यमसँग बोल्दै आफू १५ वर्षको उमेरमा रिजेक्ट भएको बताएकी छन् । मोडलिङ गर्दाताका उनलाई किशोरी छँदा फ्याँकिन पुगेकी थिइन् । शोबिज र एडहरुमा छनोट भए पनि अन्तिममा आफ्नो लुक्सका कारण आफूले काम गर्न नपाएको उनले बताइन् । तर अचेल आफूलाई पुरानो कुरा सम्झेर नबसी नयाँ नयाँ काम गर्न मन पराउने बताइन् । २९ वर्षे शर्मा अचेल अभिनय मात्र नभएर प्रोड्युसरका रुपमा समेत केही फिल्ममा काम गरेकी छन् । सुरुमै हार खाएपनि संघर्ष गर्न नछाडेकी अनुष्कालाई हाम्रो सलाम !

Leave A Comment