कपालमा कलर

सोमबार, ०९ असोज २०७४, १२ : ३० शुक्रवार
कपालमा कलर

कपालमा कलर गर्दा गुणस्तरीय हेयर कलर प्रयोग गर्नुपर्छ । कपालमा कलरअघि कपालको संवेदनशीलता जाँच्नुपर्छ । यसलाई ‘प्याच टेस्ट’ भनिन्छ । पहिले पनि कलर गरिसकिएको छ भने त्यो जरुरी छैन तर नयाँ प्रोडक्ट प्रयोग गर्दा एकपटक प्याच टेस्ट गरेर मात्र कलर गर्नु राम्रो हुन्छ । प्याच टेस्ट गर्दा चिलाउने, पोल्ने, फुल्ने, फोकाहरू उठ्नेजस्ता समस्या भएमा हेयर कलर गर्नु हुँदैन । प्याच टेस्ट गर्दा कलर एजेन्ट र हाइड्रोजन पेरोअक्साड थोरैथोरै मिसाएर नाडी, कानको पछाडि लगाएर पाँच–दस मिनेटपछि पुछ्ने र २४ घण्टासम्म साइड इफेक्ट वा एलर्जी हुन्छ वा हुँदैन त्यसको जाँच गर्नुपर्छ ।
कलर लगाउँदा एक्सपर्ट वा अनुभवीको हातबाट लगाउनु राम्रो हो । कपालको कलरभन्दा गाढा, फिका वा फरक रङ कस्तो लगाउने हो, सोअनुरूप कलर र हाइड्रोजन पेरोअक्साइडको कन्सिसटेन्सी पनि छान्नुपर्छ । अन्यथा नचाहेको कलर निस्कने डर हुन्छ ।
स्ट्रेट, कर्ली, पहिले नै रंग्याइएको वा हाइलाइट, लो–लाइट गरिएको कपाल वा पूरै ब्लीच गरिएको कपाल छ भने त्यस्तो कपाललाई विशेष ध्यान दिनुपर्छ । राम्रोसँग ध्यान दिइएन भने कपाललाई हानि पुग्ने खतरा हुन्छ । त्यसैले सुरक्षाका उपाय अपनाएर मात्रै कपालमा कलर गर्नुपर्छ ।
कपाल झरेको, चाया परेको, घाउखटिरा आएको वा लामो बिरामी भएको अवस्थामा कपालमा कलर गर्नु हुँदैन । सुन्दर कपाल छ भने कलर गर्दा झनै सुन्दर देखिन्छ । कतिपय अवस्थामा समस्यायुक्त कपालमा पनि कलर गर्नुपर्ने हुन्छ । सही ट्रिटमेन्ट र सुरक्षित ढंगले कलर गर्दा परिणाम सुन्दर र स्वस्थ कपाल हुन्छ । मेहन्दी लगाएको वा मेटालिक कलर प्रयोग गरिएको कपालमा नचाहेको कलर बस्दैन ।  
कलर गरिएको कपाललाई विशेष स्याहार गर्नुपर्ने हुन्छ । कडा घाम, हावा, प्रदूषणबाट बचाउन प्रोटेक्टिभ लोसन वा स्प्रेको प्रयोग गर्नुपर्छ । गाढा कलर बसेमा ब्लिच बाथबाट फिका बनाउन सकिन्छ । र, फिका रङ भएमा आवश्यकता अनुसारको रङ थपेर मन परेको रङमा कलर गर्न सकिन्छ । सुक्खा र पातलो कपालले छिटो कलर टिप्छ तर बाक्लो र चिल्लो कपालमा रङ बस्न गाह्रो हुन्छ ।

Leave A Comment