सलमाको पतिप्रेम

आइतबार, २६ असार २०७३, ०१ : ०२ शुक्रवार , Kathmandu
सलमाको पतिप्रेम

हलिउड अभिनेत्री सलमा हायाक अहिले पति फ्रान्स्वा पिनाल्टको प्रेममा लिप्त छिन् । पिनाल्टबाट एक दिनको दूरी पनि उनलाई सह्य छैन । पिनाल्टबाट छुट्टिनुपर्ला भनेर नै उनले केही समययता अभिनयका थुप्रै अफर अस्वीकार गरिसकेकी छिन् ।
‘मेरो लागि पिनाल्ट देवदूत हुन् । उनीसँगको दूरी मलाई सह्य छैन । त्यही भएर उनको सेड्युललाई प्रभावित नगर्ने गरी मैले काम लिन थालेकी छु । यसो गर्दा मैले कामका थुप्रै अफर अस्वीकार गर्नु परिरहेको छ,’ उनले भनिन् ।

Leave A Comment