‘ दसैँ सधैँ रमाइलो लाग्छ ’

आइतबार, ०८ असोज २०७४, १२ : १५ शुक्रवार
‘ दसैँ सधैँ रमाइलो लाग्छ ’

अभिनेत्री करिश्मा मानन्धर

मलाई दसैँ सधैँ उस्तै लाग्छ  । म सानैँ उमेरदेखि मावलमा बसेकी हुँ । मामाघरमा भए पनि दसैँ रमाइलो लाग्थ्यो । मेरो मावली थापाकाजी भएकाले दसैँका बेला अलिक बढी खसी काट्ने चलनथ्यो । टीकाको दिन गाउँका छरछिमेकी आफ्ना आफन्तहरु टीका ग्रहण गर्न आउने गर्थे । टीका लगाउन आउने मान्छेहरु देखेर मलाई खुव रमाइलो लाग्थ्यो । आफू भने दसैँमा टीका लगाएर पैसा पाइने भइयो भनेर साह्रै खुसी हुन्थेँ । मेरो बुवा बितेपछि ममीले मलाई मावलमा राखिदिनुभएको हो । म मामा घरमा हुर्किएकी हुँ । दसैँका बेला गाउँमा ढकमक्क फूलहरु फुलेका हुन्थँे । म प्रकृतिप्रेमी भएकाले होला ढकमक्क पूmल देखेर निकै रमाइलो लाग्थ्यो ।
मेरो मावली गाउँमा पटाङ्गिनी चोकको बीचमा गणेश मन्दिर थियो । त्यसका वरिपरि घरहरु थिए । ती वरिपरिका घरहरु कमेरो, रातो माटोले लिपपोत गरिएको हुन्थ्यो । म सानै भएकाले हजुरबुवाले मलाई पिङ लगाई दिनुहुन्थ्यो । त्यो समय पिङ खेल्दा मनै आनन्द हुन्थ्यो । मामा घरको पटाङ्गिनीको चोकमा हजुरबुबा र मामाहरु लगायत अन्यले खसी काट्नु हुन्थ्यो ।
म अलिक हुर्किएपछि त चलचित्र क्षेत्रमा आइहालेँ । घरमा बसेर सबै कुराको ख्याल गर्न पाइनँ । मावलमा हजुरबुवाहरु जमरा राख्ने गर्नु हुन्थ्यो । अनि बिहान बिहान जमरालाई पूजा गर्ने गर्नुहुन्थ्यो । यता विनोदको घरमा भने अलिक फरक छ । यहाँ आपूmभन्दा ठूला मान्छेले जमरा राख्ने चलन छ । सासु आमा बेलायत भएकाले उतै जमरा राख्नुहुन्छ । यहाँ घरमा जमरा राख्ने भन्ने छैन किनभने सानाले जमरा राख्न हुँदैन भन्ने भनाइ छ ।

Leave A Comment