सन्नीको अनुहार किन बिग्रियो ?

शनिबार, ०७ असोज २०७४, ०३ : २३ शुक्रवार
सन्नीको अनुहार किन बिग्रियो ?

पोर्न फिल्म छाडेर बलिउडमा सबैको मन जित्दै आएकी सन्नी लियोनले केही दिनअघि डरलाग्दो तस्बिर सामाजिक सञ्जालमा पोस्टेर धेरैको सातो खाएकी छन् । अनुहारभरि हिलोजस्तो नीलो रंग पोतर सामाजिक सञ्जालमा केही छिनमै भाइरल भइन् सन्नी । आखिर यो केका लागि ? ‘तपाईंहरुले आजसम्म नदेखेको कुरा मेरो आगामी प्रोजेक्टमा’ क्याप्सन राखेर सन्नीले डरलाग्दो तस्बिर राखेकी छन् । सन्नीले आगामी फिल्मका लागि कृत्रिम अनुहार धारण गर्ने छन् । अझ बाहिरिएका भिडियोमा उनका पति डेनियल वेबरले मेकअपको क्रममा खिचेको भिडियोलाई स्न्यापच्याटमा राखेका थिए । सन्नीको नौलो अवतार कस्तो हुने हो त्यो समयले नै बताउला । सन्नीको यसै साता सञ्जय दत्तको ‘भूमि’मा आइटम नम्बरमा प्रस्तुत हुनेछिन् ।

Leave A Comment