मिस पूर्वाञ्चलको ट्राफिक सचेतना

शनिबार, ०७ असोज २०७४, १२ : २५ शुक्रवार
मिस पूर्वाञ्चलको ट्राफिक सचेतना

आगामी असोज १६ गते धरानमा हुन गइरहेको मिस पूर्वाञ्चल २०१७ का अन्तिम प्रतिस्पर्धी ट्राफिक सचेतना अभियानमा लागेका छन् ।

गत शुक्रबार पूर्वको धरान र इटहरीमा प्रतियोगिताका १९ प्रतिस्पर्धीले यात्रुहरुलाई जेब्राक्रसबाट मात्र बाटो काट्न सिकाउँदै थिए ।
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयको समन्यवय तथा पीएलओ लुब्रिकेन्ट्सको सहयोगमा उनीहरु सचेतना अभियानमा संलग्न थिए । ‘एकैछिन भए पनि ट्राफिक भएर काम गर्न पाउँदा सामाजिक काममा लाग्ने उत्प्रेरणा जाग्दो रहेछ,’ मिस पूर्वाञ्चलकी प्रतिस्पर्धी झापा, माईधारकी शताब्दीका गिरिले बताइन् ।

Leave A Comment