इभेन्टको केन्द्र

मङ्गलबार, ०३ असोज २०७४, ०१ : २५ मनोज घर्तीमगर
इभेन्टको केन्द्र

कहिले सुन्दरी प्रतियोगिता । कहिले पुल पार्टी । कहिले सांगीतक कन्सर्ट । कहिले मेला महोत्वस । डान्सपार्टी त कति हो कति ! फेसन सो त यहाँको ब्रान्ड नै भइसक्यो । सानादेखि ठूला इभेन्टमा पनि फेसन सो हुन्छन् । भर्खरै सकिएको कार्यक्रम रेन्टनटेन्मेटको चौथो संस्करणमा पनि फेसन सो देखाइएको थियो । पोखरामा हप्तैपिच्छे विभिन्न मनोरञ्जनमूलक इभेन्टहरु हुने गरेका छन् । त्यस्ता इभेन्टमा तन्नेरीहरुको ठूलै भिडभाड हुन्छ । सौन्दर्य प्रतियोगितादेखि फेसन सो, डान्सपार्टी, दोहोरी, कन्सर्ट, ¥याम्प, हास्यव्यंग्य कार्यक्रम, खेलकुद, मेला, महोत्सव, पुल पार्टीलगायत मनोरञ्जनस“ग सम्बन्धित कार्यक्रमहरु यहाँ बग्रेल्ती आयोजना हुन्छन् । ‘यहाँ हप्तैपिच्छे कुनै न कुनै इभेन्ट भैरहेका हुन्छन्’ कोरियोग्राफर सुरज थापा भन्छन्,‘पोखरा वास्तावमै नेपालमा हुने अनेकन इभेन्टहरुको केन्द्र हो ।’

रंगीविरंगी बत्तिले रात रोमाञ्चक बन्छ । जति रात छिप्पि“दै जान्छ त्यति नै पोखराको रात्रिजीवनको रंग चढ्दै जान्छ । यो सहरमा कोही तन्नेरी डिस्को थेकतिर बरालिन्छन् अनि डिजेको संगीतमा मस्त हुन्छन् । कोही घुमघाममा मस्त देखिन्छन् भने कोही रेस्टुरा“मा हुक्का तान्दै रमाउ“छन् । कोही गजल धाउँछन् त कोही दोहोरी साँझ । पोखरा रातभर निदाउ“दैन । रातभर जागा रहने पोखरामा रमाउनुको मज्जा बेग्लै हुन्छ । दिनभर काममा व्यस्त हुने तन्नेरीहरु रात परेपछि खुलेर रमाउ“छन् । तिनलाई सजिलो बनाइदिएका छन् महिनैभरि हुने अनेकन इभेन्टले ।
सुन्दरी प्रतियोगिता त कति हो कति । एकल सा“झ, फिल्मका च्यारिटी शो, म्यूजिक कन्सर्ट, डान्स पार्टी, एकल कविता वाचन, किताबका परिचर्चा, फेशन शोलगायत विभिन्न नाममा कार्यक्रम हुन्छन् । नेपाली कलाकारहरुको त यहाँ लर्को नै लाग्छ । अनेकन सांगीतक कार्यक्रमले यहाँको माहोल सँधै तातिन्छ । पोखरेली युवायुवती यस्ता इभेन्ट भनेपछि मरिहत्ते गर्छन् । युवाहरुकै रुचिलाई ध्यानमा राखेर पछिल्लो समय यहा“ विभिन्न नाममा डान्सपार्टीहरु नियमित हुन्छन् । तिनमा युवायुवतिको भिड थामि नसक्नुको हुन्छ । ‘पोखरामा अनेनकन नामका इभेन्टमा भइरहेका छन् । बाहिरबाट पोखरा आएर इभेन्ट गर्नेहरु पनि बढेका छन् । तीनमा बाक्लो सहभागीता पनि हुन्छ । नम्बरका हिसाबाले पोखरा इभेन्टको केन्द्र पक्क हो’ जक्सन ग्रुपको  म्यानेजर अरुण गिरी भन्छन्,‘तर, क्वालिटीका हिसाबले पोखराले अझ धेरै सिक्न बाँकी छ । केही इभेन्ट म्यानेजमेन्ट कम्पनीले राम्रो गर्ने प्रयास गरेका छन् । उत्कृष्ट कार्यक्रम, नयाँ कन्सेप्ट, फरमालिटी बेगरका कार्यक्रम धेरै सुधार्न बाँकी छ ।’   

महिनामा २०/२५ वटा कार्यक्रम भएकै हुन्छन् । पोखरा सभागृह, पोखरा उद्योग वाणिज्य संघ, प्रर्दशनी केन्द्र र लेकसाइडमा सबैभन्दा धेरै इभेन्ट आयोजना हुन्छन् । पोखरामा भएका थुप्रै संघ संस्थाले नियमित रुपमा सांगीतिक इभेन्टहरु गर्दै आएका छन् । लोक, आधुनिक तथा पपगीत हु“दै प्रहसनदेखि नृत्यसम्म समेटिएका कार्यक्रहरु हप्तैपिच्छे हुन्छन् । यसका लागि नेपालीदेखी भारतीय कलाकारसम्म पोखरा ल्याइन्छन् । इभेन्टहरु बारम्बार भैरहने हुनाले पोखरा नपुगेका नेपाली कलाकारहरु कमै छन् । चलचित्र, गीत–संगीतलगायत सबै विधाका अधिकांश नेपाली कलाकार पोखरा पुगेका छन् । ‘पोखरा सर्वाधिक इभेन्ट हुने ठाउ“मा पर्छ’ गायक प्रसाद खप्तरीमगर भन्छन्,‘हिनैपिच्छे विभिन्न नाममा इभेन्टहरु भैरहन्छन् । म पनि बेलाबेला गाउँन पोखरा आउँछु ।’
यतिबेला सुन्दरी प्रतियोगिता मात्रै चारवटा भइरहेका छन् । मिस कल्चर, मिस गण्डकी, मिस पोखरा, मिस सुनार अनि फेस अफ फेशन । अनेनक नाममा कार्यक्रम गर्नलाई तछाडमछाड हुन्छ पोखरामा । सांगीत कन्सर्ट पनि उत्तिकै हुन्छन् । यतिबेला पोखरामा लायन्स नाइटको तयारी भइरहेको छ भने बाढी पीडितको सहयोगार्थ भदौ २३ गते कन्सर्ट हुँदैछ । नयाँ बजार युवा क्लबले कालरात्री साँझ आयोजना गर्दैैछ । तेस्रो सराङकोट महोत्सव भदौ २५ गते सकियो भने सिटी रेवानले गर्ने महोत्सव असोज दुई गतेबाट सुरु हुँदैछ । यस्ता कार्यक्रम गर्नलाई प्रयोजकले पनि पोखरेलीलाई उत्तिकै सघाएका छन् । त्यहि भएर पनि यहाँ अनेकन नामधारी इभेन्ट भइरहन्छन् । ‘पोखरा नामै काफि छ, धेरैलाई लोभ्याउँछ । त्यही भएर बाहिरबाट पनि इभेन्ट गर्नलाई यहाँ आउँछन्’ इभेन्ट अर्गनाइज गर्ने र म्यानेजमेन्ट गर्ने संस्था ट्रेनर नेपालका म्यानेजर रविन गुुरुङ भन्छन्,‘कति इभेन्टहरु त यस्ता हुन्छन् कतिबेला हुन्छन् थाहै हुँदैन । कसैले मानोस् नमानोस् पोखरा इभेन्टको हब हो ।’

Leave A Comment