मुख खोलिन मर्केलले

मङ्गलबार, ०३ असोज २०७४, ०१ : २० शुक्रवार , Kathmandu
मुख खोलिन मर्केलले

राजकुमार ह्यारीसँग प्रेम सम्बन्धमा रहेकी अमेरिकी मोडेल तथा अभिनेत्री मेगन मर्केलले यो कुरा मिडिया सामु पहिलोपटक बताएकी छिन् । बेलायतका ३२ वर्षे कान्छा राजकुमार ह्यारी लामो समयदेखि मर्केलसँग प्रेम सम्बन्धमा थिए । पापाराजीहरुका कारण मिडियाहरुमा निकै पहिलेदेखि छाएता पनि मर्केल आफैले यो कुरा पहिलोपटक उजागर गरेकी हुन् । केही दिन पहिले भेनीटि भेएर म्यागजिनको अन्र्तवार्तामा मेगनले भनेकी छन्, ‘हामी जोडी हौं । हामी प्रेममा छौं । प्रेम कथाहरु मन मपराउने म पहिलोपटकमै राजकुमारसँग प्रेममा पर्दा निकै खुसी छु ।’ गत वर्षदेखि प्रेमालापमा परेका उनीहरु सम्बन्धमा खुसी भएको र एकअर्काका लागि बनेको समेत विदेशी सञ्चारमाध्यमले लेखेका छन् ।

Leave A Comment