नाडाललाई उपाधि

सोमबार, ०२ असोज २०७४, ०१ : ०१ शुक्रवार
नाडाललाई उपाधि

विश्व नम्बर एक राफेल नाडालले आइतबार दक्षिण अफ्रिकाका केभिन एन्डरसनलाई पराजित गर्दै तेस्रो पटक युएस ओपनको उपाधि जितेका छन् ।
स्पेनिस खेलाडी नाडालको यो १६औं ग्रान्ड स्लाम उपाधि हो । आइतबार सम्प्न्न फाइनलमा नाडालले एन्डरसनलाई ६–३, ६–३ र ६–४ को सोझो सेटमा पराजित गरेका हुन् ।
यसअघि नाडालले सन् २०१० र २०१३ मा युएस ओपनको उपाधि जितेका थिए । गत जुनमा उनले कीर्तिमानी १०औं फ्रेन्च ओपनको उपाधि जितेका थिए ।
यता महिला तर्फको उपाधि स्लोनी स्टेफन्सले जितेकी छन् ।
बायाँ खुट्टामा लागेको चोटका कारण ११ महिना कोर्टबाहिर रहेकी स्टेफन्सले शनिबार राति आफ्नै साथी म्याडिसन केइजलाई ६–३, ६–० को सहज सेटमा पराजित गरेकी थिइन् । केइज र स्टेफन्स दुवैको यो पहिलो ग्रान्ड स्लाम फाइनल हो । १९६८ बाट सुरु भएको युएस ओपनमा बिनावरीयता उपाधि जित्ने स्टेफन्स दोस्रो खेलाडी बनेकी छिन् ।

 

Leave A Comment