२० अर्ब किमि टाढाको यात्रा

सोमबार, ०२ असोज २०७४, ११ : ५८ शुक्रवार
२० अर्ब किमि टाढाको यात्रा

रिचर्ड होलिंगम
बिबिसी
खोजी र अन्वेषण गर्नु मानिसको ‘बानी’ हो । यसका लागि ऊ जुनसुकै हदसम्म जान तयार हुन्छ । त्यसैले त मानिस त्यो खोजमा जुटेको छ, जसको कुनै हद छैन, सीमा छैन । जसको कुनै किनारा छैन, क्षितिज छैन । आखिर क्षितिजको अर्को किनारा नै नभएको त्यस्तो के कुराको खोजमा मानिस जुटेको छ त ?
त्यो हो हाम्रो ब्रह्माण्ड ।
यसमा कति आकाशगंगा छन् ? कति ताराहरु छन् ? अनि कति ग्रह र उपग्रह छन् ?
यीमध्ये कुनै पनि प्रश्नको जवाफ हामीलाई थाहा छैन तर हामी ब्रह्माण्डको एउटा किनारादेखि अर्को किनारा कस्तो छ, कति टाढा छ भनेर रहस्य जान्न चाहिरहेका छौँ ।
सौर्यमण्डल पर पुग्यो भोयेजर
मानिसको खोजीप्रतिको चाहले संसारको सबैभन्दा महान अन्तरीक्ष अभियानलाई जन्माएको छ । यस महान स्पेस मिसनको नाम हो– भोयेजर ।
४० वर्षअघिको कुरा हो । सन् १९७७ को अगस्त र सेप्टेम्बर महिनामा अमेरिकी स्पेस एजेन्सी नासाले दुई वटा अन्तरीक्षयान पठाएको थियो । यसैको नाम हो, एक र दुई ।
भोएजर २ लाई २० अगस्त अमेरिकी स्पेस सेन्टर केप कनावरलबाट अन्तरिक्षमा पठाइएको थियो । भोएजर १ लाई भने ५ सेप्टेम्बरमा ।
४० वर्षपछि यी दुवै अन्तरिक्ष यान पृथ्वीबाट अर्बौं किमि पर थियो । भोएजर १ ले त सौर्य मण्डलभन्दा पनि टाढा अर्थात् करिब २० अर्ब किमि टाढा पुगिसकेको छ । अर्को भोएजरले भने ठीक विपरीत बाटो बनाउँदै करिब १७ अर्ब किमि टाढा पुगिसकेको छ ।
यो दुरी यति छ कि भोएजर १ बाट पृथ्वीमा सन्देश आइपुग्न र पठाउन ३८ घण्टा लाग्ने गरेको छ । यसको रेडियो सिग्नल ६ सेकेन्डमा एक किमि दुरी दय गर्दा पनि यत्रो समय लाग्नु भनेको कति टाढा रहेछन् भोएजर भन्ने थाहा हुन्छ । रेडियो सिग्नल प्रकाशको गति बराबर दौडाउँदा यो हालत छ !
यसैगरी भोएजर २ बाट पृथ्वीसम्म सन्देश आइपुग्न ३० घण्टा लाग्ने गरेको छ ।
रोचक कुरा चाहिँ ४० वर्ष पुराना यी भोएजरले अहिलेसम्म काम गरिरहेका छन् । तिनले पठाएका एक एक सूचना पृथ्वीसम्म आइरहेका छन् । यी भोएजरका पाटपूर्जा पनि पुराना भइसके तर काम गरिरहेका छन् भन्दा अनौठो लाग्ने गरेको छ । पुराना भएकैले यसको काम गर्ने शक्ति कमजोर हुँदैछ । प्रविधि पनि पुरानो भइसक्यो । यी भोएजरबाट आउने सन्देश पक्डनका लागि नासाले संसारभरि नै रेडियो सिग्नल सेन्टर निर्माण गरेको छ ।
यस मिसनमा सुरुदेखि नै जोडिएका वैज्ञानिक एड स्टोन भन्छन्, ‘अहिले भोएजर १ ब्रह्माण्डबाट यति टाढा छ कि त्यहाँ शून्यबाहेक केही छैन, अँध्यारो छ । ठण्डी र चिस्यान छ ।’ एड स्टोनले यस यानको निर्माणताका सन् १९७२ मा संलग्न भएका थिए ।
४० वर्षपछि भोएजरको मिसनका कारण वैज्ञानिक जगतले ब्रह्माण्डका धेरै रहस्य पत्ता लगाएको छ । वृहस्पति, शनि, अरुण र वरुणजस्ता ग्रहका बारेमा रोचक जानकारी फेला पारिएको छ । यी विशाल ग्रहका चन्द्रमाका बारेमा पनि भोएजर मिसनकै कारण जानकारी बटुलिएको छ ।
भोएजर मिसनमा काम गरेका अर्का एक प्रख्यात व्यक्ति थिए, कार्ल सेगन । सेगनले भोएजर यानहरुबाट आउने सन्देशलाई ग्रामोफोनमा जोड्ने प्रोजेक्टमा काम गरेका थिए ।
कार्ल सेगनले पहिला अमेरिकाको कर्नेल विश्वविद्यालयमा एस्ट्रोफिजिक्स पढाउने गर्थे । पछि उनी नासाका लागि काम गर्न थाले । उनी मंगलग्रहमा जाने पहिलो मिसन भाइकिङको महŒवपूर्ण अंग पनि बने । उनले बालबालिकाका लागि विज्ञानका कैयौँ रोचक पुस्तक लेखेका छन् । कैयौँ रेडियो र टेलिभिजन कार्यक्रममा पनि सहभागिता जनाए ।
भोएजर यानहरुमा ग्रामोफोन लगाउनुको एउटा उद्देश्य चाहिँ एउटा आशा थियो । आशा के भने, धर्तीबाहेक ब्रह्माण्डको अर्को कुनामा सायद मानिसजस्तै बुद्धिमान प्राणी होला । यात्रा गर्दागर्दै जब कुनै अर्को सभ्यतासम्म हाम्रो भोएजर पुग्यो भने उसले मानव सभ्यताको एक झलक यी ग्रामोफोन रेकर्डमार्फत् पाउन सकून् भन्ने उद्देश्य यसमा गाँसिएको थियो ।
यसको अर्थ, भोएजर एउटा स्पेस मिसन मात्र होइन बरु सुदूर ब्रह्माण्डमा पठाइएको मानवीय सन्देश पनि हो ।
यो ग्रामोफोन तामाको डिस्कबाट बनेको छ । यो कति बलियो छ भने करिब एक अर्ब वर्षसम्म यो टिक्छ, सहीसलामत रहन्छ । यो भोएजर यात्रा गर्दै जाँदा कुनै अर्कै सभ्यता भएको प्राणीले फेला पा¥यो भने यो ग्रामोफोन रेकर्डमार्फत उनीहरुलाई मानवीयताको र मानवले गरेको प्रगतिको सन्देश दिनेछ भन्ने आशा वैज्ञानिकहरुको छ ।
नासाका वरिष्ठ वैज्ञानिक एड स्टोन भन्छन्, ‘भोएजरलाई सन् १९७७ मै पठाउनुको खास कारण थियो । त्यो कारण के हो भने त्यस वर्ष सौर्य मण्डलका ग्रहहरुको स्थिति यस्तो थियो कि यी यान सबैजसो ठूला ग्रहहरु जुपिटर, स्याटर्न, युरेनस र नेप्च्युन हुँदै जान पाउँथे ।’
यस मिसनमा काम गर्ने लिन्डा स्पिलकर भन्छिन्, ‘ग्रहको स्थितिका कारण त्यस बेला नासामा काम गरिरहेका कैयौँका सन्तान जन्मिएका थिए । अचेल तिनलाई भोएजर पिँढीका सन्तान भनिन्छ ।’
यी भोएजर पठाइएको १८ महिनापछि अर्थात् सन् १९७९ मा भोएजर १ र २ ले वृहस्पति ग्रह वरपर घुमे । दुवै स्पेसक्राफ्टले सौर्य मण्डलको यो सबैभन्दा ठूलो ग्रहको ज्यादै सफा र रोचक तस्बिर पठाएका छन् ।
मिसनसँग जोडिएका एक्ला बेलायती वैज्ञानिक गेरी हन्ट भन्छन्, ‘भोएजर यानहरुबाट आउने हरेक तस्बिरले जानकारीको नयाँ पत्र खोल्ने गरेका छन् ।’
भोएजर मिसनभन्दा पहिले सौर्य मण्डलमा भएका ग्रहहरुको धर्तीमा मात्रै ज्वालामुखी पाइन्छ तर भोएजरले के पत्ता लगायो भने वृहस्पतिको एउटा चन्द्रमामा पनि ज्वालामुखी छ ।
एड स्टोन भन्छन्, ‘भोएजर मिसनले सौर्य मण्डललाई लिएर हाम्रो कैयौँ सोचलाई गलत प्रमाणित गरिदिएको छ । पहिला हामीलाई लाग्थ्यो, समुद्र भनेको पृथ्वीमा मात्र छ तर अन्य ग्रहमा पनि समुद्र फेला परेको पाइयो । त्यति मात्र होइन, वृहस्पतिको चन्द्रमा युरोपामा पनि समुद्र पाइयो ।’
अहिलेको समयमा भोएजर मिसनका वास्तविक तस्बिरहरुलाई लन्डनको क्विन मेरी कलेजको पुस्तकालयमा राखिएको छ किनभने नासाले ती तस्बिरको डिजिटल कपी बनाएर राखेको छ ।
गेरी हन्ट भन्छन्, ‘भोएजर १ ले शनिको चन्द्रमा मिमासको तस्बिर पठाउँदा सबै जना छक्क परेका थिए । किनभने त्यो बेला स्टार वार्स फिल्मले देखाएको अन्तरीक्षको समय थियो । त्यसैले वैज्ञानिकहरुले मिमासलाई ‘डेथ स्टार’ भनी फिल्मी नामाकरण गरेका थिए ।’
भोएजरले तस्बिरहरुका माध्यमबाट शनि ग्रहको उपग्रह टाइटनमा ठूलो संख्यामा पेट्रोकेमिकल रहेको देखाएको थियो । त्यहाँ मिथेन ग्यासको वर्षा हुने गरेको पनि देखाएको थियो ।
शनि ग्रहको सानो चन्द्रमा एनसेलाडस पनि रहेछ भन्ने पनि यसै मिसनमार्फत थाहा भएको हो । हाम्रो सौर्य मण्डलको जीवनका सबैभन्दा मौसम परिवर्तन भइरहने शनिको चन्द्रमा एनसेलाडसमा देखिने गरेको पनि यही मिसनका कारण थाहा भयो । पछि क्यासिनी ह्युजेन्स मिसनले पनि सो कुराको पुष्टि गरेको थियो ।
वैज्ञानिक एमिली एकडवाला भन्छिन्, ‘शनिको हरेक चन्द्रमा आफैँमा बेग्लै किसिमको छ । भोएजरका कारण हामीलाई शनिका अन्य चन्द्रमाका बारेमा बुझ्नका लागि नयाँ मिसन पठाउनुपर्छ भन्ने महसुस भयो ।’
सन् १९८० को नोभेम्बरमा भोएजर १ ले शनिभन्दा अगाडि यात्रा सुरु ग¥यो । नौ महिनापछि भोएजर २ ले अन्य ग्रहतर्फ यात्रा सुरु ग¥यो । सन् १९८६ मा युरेनस ग्रह नजिक पुग्यो । यसले युरेनसका १० वटा उपग्रह छन् र यो ग्रह ग्यासले बनेको ग्रह रहेछ भन्ने पनि थाहा भयो ।
१९८९ मा भोएजर २ नेप्च्युन ग्रहको नजिक पुग्यो । यसको चन्द्रमा निकै रोचक रहेको यसैले पत्ता लगायो । ट्राइटन नामक यस चन्द्रमामा नाइट्रोजनको गिजर देखियो ।
यी दुवै यात्राले हामीलाई के सिकायो ? यी यात्राले हामीलाई हाम्रो पृथ्वीमा जे जस्ता गतिविधि हुन्छन्, (मानवीय गतिविधि होइन) ती गतिविधि त सौर्य मण्डलका अन्य ग्रह र ती ग्रहका उपग्रहमा पनि हुँदोरहेछ ।
भोएजरको खोजकै आधारशिलामा रहेर पछि अन्य कैयौँ स्पेस मिसन सुरु गरिए । जस्तो शनिका लागि क्यासिनी–ह्युजेन्स मिसन स्पेसक्राफ्ट पठाइयो । वृहस्पति ग्रहका लागि ग्यालिलियो र जुनो यान पठाइयो । यतिबेला यस्तै खोजका लागि कैयौँ अन्तरीक्ष सम्बन्धी अध्ययन गर्ने संस्थाहरुले यान पठाउने योजना बुनिरहेका छन् ।
पछिल्लो समय भने युरेनस र नेप्च्युन ग्रहका लागि कुनै नयाँ मिसन चलाइएको छैन । त्यतिञ्जेलसम्मका लागि हामीले भोएजरले पठाएका जानकारीबाटै काम चलाउनुपर्ने हुन्छ ।
मानव इतिहासमा यस्ता केही गिनेचुनेका मिसन नै भएको होला, जसले यति धेरै जानकारी पठाएको होस् । भोएजर पहिले पनि यस्ता स्पेसन मिसन थिए, तिनको नियन्त्रण कम्प्युटरको हातमा थियो । ४० वर्षपछि भने यी दुवै यानले आफ्नो यात्रा आफैँ तय गरिरहेका छन् । उनीहरु आफैँले नयाँ नौला कुराहरु संकलन गर्छन् र आवश्यक पर्दा ब्याकअप सिस्टम चलाउँछन् ।
भोएजर बनाउन प्रयोग हुने कैयौँ प्रविधि आज पनि प्रयोग भइरहेका छन् । अचेल हामीले प्रयोग गर्ने मोबाइल फोन र सिडी प्लेयर भोएजरमा प्रयोग भएको कोडिङ सिस्टम प्रविधिकै उपयोग गरिएको हो । अचेलका स्मार्टफोनमा तस्बिर प्रोसेस गर्ने जुन प्रविधि छ, त्यो भोएजर विकास गर्दाताका खोजिएको तकनिक थियो ।
भोएजर मिसनको सबैभन्दा महान् क्षण त्यस बेला आयो, जब १४फरवरी १९९० मा यसले आफ्नो क्यामेरा पृथ्वीतिर घुमायो र उसले पूरै सौर्य मण्डल र ब्रह्माण्डमा एउटा सानो नीलो प्रकाश मात्र देखियो । त्यो सानो नीलो प्रकाश पृथ्वी थियो ।
एमिली लकडवाला भन्छिन्, ‘पूरै ब्रह्माण्डमा यो एउटा सानो नीलो रङको टिमटिमाहट नै त्यो ठाउँ हो, जहाँ जिन्दगी हिँडडुल गर्छ । कुनै पनि सानो खगोलीय घटनाले यस पृथ्वीमा भएका सारा प्राणीको प्राण हर्न सक्छ । यस्तोमा भोएजरका माध्यमबाट हाम्रो सभ्यताको निशानी सुदूर ब्रह्माण्डमा बाँचिरहनेछ ।
२०१३ मा भोएजर १ स्पेसक्राफ्ट सौर्यमण्डलबाट निकै टाढा पुग्यो । शून्यमा पुगेको यस स्पेसक्राफ्टले अझै जानकारीहरु पठाइरहेको छ । केही समयपछि अर्को भोएजर पनि सौर्यमण्डलबाट टाढा हुनेछ ।
दुवै स्पेसक्राफ्टमा अणुजन्य ब्याट्री हालिएको छ । चाँडै नै यी अणुबाट विद्युत निस्कन बन्द हुनेछ । हरेक चार वर्षमा यसबाट चार वाट कम बिजुली निस्कनेछ ।
भोएजरका प्रोग्राम म्यानेजर सुजी डड भन्छन्, ‘हामीले ज्यादै सावधानीपूर्वक भोएजर मिसनलाई जारी राख्नुछ । यसका पुरानो भइसकेका यन्त्र बिस्तारै बन्द गरिँदैछन् । दुवै भोएजरका क्यामेरा बन्द गरिसकिएको छ । अन्तरिक्षमा धुम्म अँधेरो छ । त्यहाँ देखिन लायक केही छैन । बरु बिजुली बचाएर चिसो ठाउँमा भोएजरको तातोपन बचाएर राखिराख्नु उत्तम हुन्छ ।’
सुजी भन्छन्, ‘आउँदो दस वर्षमा दुवै भोएजरलाई पूर्ण रुपमा बन्द गर्नुपर्ने हुन्छ । जुन दिन यसलाई पूर्ण रुपमा बन्द गर्नुपर्ने हुन्छ, त्यस दिन मानवताका लागि ज्यादै दुःखद् दिन हुनेछ । त्यतिञ्जेलसम्म दुवै यानले ज्यादै रोचक यात्रा पूरा गरिसकेका हुनेछन् ।
रोचक के हुनेछ भने दुवै स्पेसक्राफ्ट अन्तरिक्षमा सधैँ रहनेछन् । सायद कुनै अरु नै सभ्यताका दूतले यो फेला पार्लान् । अनि, तिनले यी यानमा जडित ग्रामोफोन रेकर्डका माध्यमबाट मानवताको सन्देश पढ्लान् ।
भोएजर मिसनका माध्यमले संसार अन्तरिक्षमा बाँचिरहेका छन् । भोएजर मिसनले मानवतालाई अमर बनाएको छ ।
अनुवाद : अच्युत कोइराला

 

Leave A Comment