बाघ निर्माताको दुम्सी चाला

सोमबार, ०२ असोज २०७४, ११ : ४८ शुक्रवार
बाघ निर्माताको दुम्सी चाला

दुम्सी यस्तो जनावर हो, जुन बेला उसलाई संकट पर्छ, उसले सुरक्षाका लागि काँडा ठाडो पार्छ र टाउको लुकाएर भाग्छ तर बाघ हिम्मतका लागि प्रख्यात छ ।  
बाघ र दुम्सीको यो प्रसंग जोड्न खोजिएको हो, निर्माता छवि ओझाका लागि । छवि ओझा आफूलाई भन्न त बाघ निर्माता भनाउन रुचाउँछन् तर सधैं दुम्सीझैं मुन्टो लुकाउँछन् ।
हालैका दिनमा पनि उनले यस्तै गुण प्रदर्शन गरे । असोज ११ मा हठात् आफ्नो फिल्म प्रदर्शन गर्ने घोषणा गरे र २४ घन्टा पनि नपुग्दै फिर्ता लिए ।
 छविले धेरै पहिले आफ्नो फिल्म ‘मंगलम्’ असोज ११ मा रिलिज गर्ने  घोषणा गरेका थिए । तर, वितरकले कलबलछल गरेर  ‘छक्का पन्जा २’ सोही मितिमा ल्याउने घोेषणा गरे ।  ‘मंगलम्’ वितरकको चासोमा परेन । वितरकको यही व्यवहारबाट रुष्ट बनेका ओझाले अचानक ‘मंगलम्’ ‘छक्का पन्जा २’सँगै रिलिज गर्ने घोषणा गरे । तर, वितरकबाट मिनिमम ग्यारेन्टी र हाइलाइटस् नेपालबाट थप पैसा पाएपछि ओझाले भिड्न मनसाय त्यागे र फागुनमा पुगे । उनको यो सेटब्याकलाई धेरैले बाघको दुम्सी चाल भनी टिप्पणी गरे । हो पनि, भन्न चैं आफूलाई बाघ भन्ने अनि भाग्न चैं पुच्छर लुकाएर भाग्ने ?

 

Leave A Comment