एन्डरसनको ५ सय विकेट

आइतबार, ०१ असोज २०७४, १२ : २२ शुक्रवार , Kathmandu
एन्डरसनको ५ सय विकेट

तीव्र गतिका जेम्स एन्डरसन ५ सय टेस्ट विकेट पूरा गर्ने इङल्यान्डका पहिलो बलर बनेका छन् ।
 टेस्ट क्रिकेटमा ५ सय विकेट पूरा गर्ने उनी विश्वका छैटौं र तेस्रो तीव्र गतिका बलर हुन् ।
गत शुक्रबार वेस्ट इन्डिजविरुद्धको तेस्रो टेस्टको दोस्रो इनिङमा ओपनर क्रायग ब्रेथह्वाइटलाई पवेलियनको बाटो देखाउँदै एन्डरसनले ५ सय विकेटको कोसेढुंगा पूरा गरेका हुन् । उनले ४ रन जोडेका ब्रेथह्वाइटलाई बोल्ड गरेका थिए ।
सन् २००३ मा जिम्बाब्वेविरुद्धको खेलबाट टेस्ट क्रिकेटमा डेब्यु गरेका एन्डरसनले डेब्यु खेलमै ५ विकेट लिएका थिए ।

Leave A Comment