पानीसँग डराउने जरीन

आइतबार, ०१ असोज २०७४, १२ : ०७ शुक्रवार , Kathmandu
पानीसँग डराउने जरीन

आगमी फिल्म ‘अक्षर–२’ मा बोल्ड सिन दिएर पुन चर्चामा आएकी जरीन खान पानीसँग डराउने बताएकी छन् । जरीन समुद्र लगातयका पानीका स्रोतसँग निकै डरलाग्ने बताउँछिन् । अक्षरकै सुटिङका क्रममा सामुद्रिक तटमा निकै डर लागेको बताइन् । जरीन भन्छिन्, ‘मलाई समुद्रदेखि निकै डर लाग्छ । फिल्मको सुटिङमा पानी भित्र केही सिनहरु खिच्नुपर्दा पनि निकै डराएकी थिएँ । सुटिङकै क्रममा मेरा खुट्टाले समुद्रको भुईंमा केही अजीबका बस्तुहरु छुन पुग्दा म निकै आत्तिएकी थिएँ ।’ फिल्मका सामुद्रिक दृश्यहरु मौरिससमा खिचिएका थिए । आगामी अक्टोबर ६ मा प्रदर्शनमा आउने फिल्ममा जरीनका अपजोटिक गौतम रोडे देखापर्नेछन् ।

 

Leave A Comment