केकीलाई माइनस

आइतबार, ०१ असोज २०७४, ११ : ५९ शुक्रवार
केकीलाई माइनस

त्यसो त धेरैजसो समय कलाकारले फिल्मको पब्लिसिटीमा समय नदिएको गुनासो सुनिन्छ । अझ चलेका कलाकारले त डबिङ सकाएर पूरा पैसा लिएपछि फिल्मबाट सबैखाले साइनो सकिए जस्तो व्यवहार गर्छन् । तर, यदाकदा यस्तो देख्न पाइन्छ जहाँ फिल्मले नै कलाकारलाई माइनस गर्छ ।
अभिनेत्री केकी अधिकारी यसको शिकार बनेकी छन् । उनलाई ‘ऐश्वर्य’ टिमले प्रचारप्रसारमा माइनस गरेको हो ।
‘ऐश्वर्य’ टिमले सबैभन्दा पहिला गीत सार्वजनिक ग¥यो । त्यस गीतमा पनि केकी अटाइनन् न त गीत सार्वजनिक गर्ने औपचारिक कार्यक्रममा नै देख्न पाइयो । त्यसपछि फिल्मको पोस्टर आयो, त्यसमा पनि केकी छैनन्, नयाँ अभिनेत्री दीपिका प्रसाईंलाई मात्र हाइलाइट गरियो । हलमा अहिले फिल्मको टिजर बजिरहेको छ, त्यहाँ पनि केकी छैनन् । अर्थात् टिमले अहिलेसम्म जति पनि प्रचार सामग्री सार्वजनिक गरेको छ, त्यसमा केकी अटाएकी छैनन् ।
यसबाट त यही अनुमान लगाउन सकिन्छ कि केकी र फिल्मको टिमबीच सुमधुर सम्बन्ध छैन । यसले केकीलाई घाटा गर्छ कि फिल्मलाई, त्यो हेर्नु भने रोचक हुनेछ ।

Leave A Comment