रेन्बो चिल्ड्रेन होममा सुगम सङ्गीत यात्रा

शनिबार, ३१ भदौ २०७४, ०२ : ०९ शुक्रवार
रेन्बो चिल्ड्रेन होममा सुगम सङ्गीत यात्रा

साङ्गीतिक अभियान ‘सुगम सङ्गीत यात्रा’ ले २६ औँ शृङ्खला पार गरेको छ । शनिबार पोखराको लेकसाइडमा कार्यक्रम आयोजना गरियो । पोखराबाट सञ्चालित यो यात्रालाई अनुपम म्युजिक पोखरा, त्रिवेणी सङ्गीतालय र जे.ई. म्युजिक एकेडेमीको अगुवाइमा सुरु भएको हो । यो यात्रा हरेक महिनाको हुन्छ ।  २६ औं शृङ्खलाको व्यवस्थापन रेन्बो चिल्ड्रेन होमले गरेको थियो ।
कार्यव्रmममा त्रिवेणी सङ्गीतालयका प्रबन्ध निर्देशक नवराज बराल, लक्ष्मी गिरी, प्रमिला बराल, प्रज्ज्वल भित्रीकोटी, निशान बराल, सङ्गम राना, सन्तोष पराजुली, सुदिप गुरुङ, अन्तिम परियार, निरुता विक, कल्पना बोगटी, अन्जली नेपाली, अनिता रानाभाट, आशा विक, सम्झना पौडेल, विपना सुनार, अमिषा गिरी, आशा थापा मगर, भूमिका क्षेत्री, मनिषा विकलगायतले आफ्ना साङ्गीतिक प्रस्तुति राखेका थिए । कार्यव्रmममा गीत गाएका बालक सुदिप गुरुङ, प्रज्ज्वल भित्रीकोटी र अन्तिम परियारको गायनबाट खुसी भएपछि त्रिवेणी सङ्गीतालयका प्रबन्ध निर्देशक तथा सङ्गीतकार नवराज बरालले प्रशिक्षणका लागि छात्रवृत्ति दिने घोषणा गरेका थिए ।

Leave A Comment