मोटो जिमखानामा दिपेश र वर्षा विजेता

शनिबार, ३१ भदौ २०७४, ०२ : ०७ शुक्रवार
मोटो जिमखानामा दिपेश र वर्षा विजेता

पूर्व क्षेत्रमा पनि मोटो स्पोटर्स खेलाडी उत्पादन र खेलको प्रवद्र्धन गर्ने उद्देश्यले धरानमा आयोजित मोटो जिमखाना र्याम्पेज सिजन २ मा दिपेश चौधरी र वर्षा बस्नेत च्याम्पियन बनेका छन् । धरान सभागृह परिसरमा शनिबार आयोजित प्रतियोगितामा टिम ओसाइरिसका खेलाडी दिपेश पुरुषतर्फको विजेता भए भने राइडर्स अफ भक्तपुरकी वर्षा महिलातर्फकी विजेता भइन् । दिपेशले निर्धारित २ लेनको ट्र्याक १ मिनेट ११ सेकेन्डमा पूरा गरेका थिए भने वर्षाले २ मिनेट ४१ सेकेन्डमा पूरा गरेकी थिइन् । च्याम्पियन दिपेश र वर्षाले जनही नगद १० हजार, ट्रफी र मेडल हात पारे ।
प्रतियोगितामा पुरुषतर्फ टिम ओसाइरिसका सोनम तामाङले १ मिनेट १९ सेकेण्डमा ट्रयाक पुरा गर्दै दोस्रो भए भने झापाली राइडर्सका प्रशान्त दाहालले १ मिनेट २३ सेकेण्डमा पुरा गर्दै तेस्रो भए । यसैगरि, महिलातर्फ टिम ओसाइरिसकी सरुना थापा मगरले २ मिनेट ४५ सेकेण्डमा ट्रयाक पुरा गर्दै दोस्रो भइन् भने मोडिफिकेशन धरानकी आइसा श्रेष्ठले २ मिनेट ५५ सेकेण्डमा पुरा गर्दै तेस्रो भइन् । महिला र पुरुष दुवै विधामा दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः जनही नगद ७ हजार, ५ हजारसहित ट्रफी र मेडल पाए । एक्स्ट्रीम धरानको आयोजना र टिम ओसाइरिसको संयोजनमा भएको प्रतियोगितामा कुल २५ खेलाडी सहभागी थिए ।

Leave A Comment