लफडाबाज रेखा

शनिबार, ३१ भदौ २०७४, ०१ : ४८ शुक्रवार
लफडाबाज रेखा

रेखा थापा र लफडा पर्यायवाची जस्तै भइसकेका छन् । जुन दिनदेखि रेखाले छवि ओझासँग सम्बन्ध विच्छेद गरेर आफैँ फिल्म बनाउन थालिन् त्यो दिनदेखि उनका फिल्ममा उनकै कारण केही न केही लफडा परिरहेको हुन्छ । फरक यत्ति हो कि कति कुरा बाहिर आउँछन् त कत्ति चुपचाप दबिन्छन् । तर, रेखाले ‘हिम्मतवाली’बाट निर्देशक श्याम भट्टराईलाई निकालेर आफैं निर्देशन गरेबाट रेखाको लफडा सतहमा आउन थालेको हो । पछिल्लो समय फिल्म ‘पलाँस’बाट पनि रेखा र निर्माता कृषा चौंलागाइँ मिलेर निर्देशक सुवास कोइरालालाई निकालेको चर्चा थियो ।
तर, रेखाले खुबै आश गरेको फिल्म ‘रुद्रप्रिया’का निर्देशक सुदीपभूपाल सिंहसँग पनि रेखाको ठाकठुक परेको चर्चा छ । सामाजिक सञ्जालमा सुदीपका पोस्ट नियालेर हेर्ने हो यसको छनक देख्न सकिन्छ । सुदीपले हालसालै मात्र पनि सार्वजनिक गीतमा आफ्नो असहमति प्रकट गरेका छन् । सोमबार टे«लर रिलिज भएको फिल्मको गीत तीन चार दिन अगाडिमात्र सार्वजनिक भएको थियो । रेखामात्र फिचरिङ भएको गीत सार्वजनिक भएपछि सुदीपले फेसबुकमा सार्वजनिक गीत फाइनल नभएको टिप्पणी गरे । युट्युबमा सार्वजनिक भएको गीत ‘भीमदत्त’ फिल्मका निर्देशक हिमग्याप लामाले खिचेका छन् जबकि फिल्मका छायांकार सञ्जय लामा हुन् । यसले पनि पुष्टि गर्छ निर्देशक र रेखाका बीचमा सम्बन्ध सुमधर छैन । लफडा गर्न चैं सक्ने हुन् रेखा ।

Leave A Comment