बोल्ड विपाशा

बिहिबार, २९ भदौ २०७४, १२ : १० शुक्रवार , Kathmandu
बोल्ड विपाशा

बलिउडकी हट बाला विपाशा बसुले श्यामश्वेत तस्बिर खिचाएसँगै उनी पुन चर्चामा आएकी छन् । झट्ट हेर्दा पुरानो समयका तस्बिरको झल्को दिने श्यामश्वेत तस्बिरमा विपाशाको सुन्दरताले प्राथमिकता पाएको छ । विपाशाले फोटोसुटका क्रममा खिचिएका तस्बिरहरु इन्स्टाग्राममा सेयर गरेकी थिइन् । तस्बिरमा उनी छोटो कपालमा प्रस्तुत भएकी छन् । हातमा ब्रासलेट र लामा एयरिङमा उनी प्रस्तुत भएकी छन् । विपाशाको पछिल्लो फिल्म २०१५ को हरर अलोन हो । उक्त फिल्ममा उनी श्रीमान करण सिंह ग्रोवरसँगै प्रस्तुत भएकी थिइन् ।

Leave A Comment