आशिष र एन्जिलाको ‘मेरो हरपल तिमी’

बिहिबार, २९ भदौ २०७४, १२ : ०७ शुक्रवार
आशिष र एन्जिलाको ‘मेरो हरपल तिमी’

गायक आशिष गौतम ‘सचिन’ र गायिका एन्जिला रेग्मीको युगल गीत ‘मेरो हरपल तिमी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा भिम विसीको शब्द र संगीत रहेको छ । मनोहर सुनामको संगीत संयोजन छ । भिडियोमा अभिनेत्री मरिष्का पोखरेल र अभिनेता आकाश श्रेष्ठले अभिनय गरेका छन् । राजिव समरको कोरियोग्राफी रहेको भिडियोलाई अनिल के. मानन्धरले छायांकन गरेका हुन् । सुब्रतराज आचार्यले निर्देशन गरेको गीतको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

कृष्णको ‘मलाई आधी नबनाऊ’
गायक कृष्ण काफ्लेको नयाँ गीत ‘मलाई आधी नबनाऊ’को म्युजिक भिडियो रिलिज भएको छ । गीतमा लेखु सहयात्रीको शब्द छ । पुरुषोत्तम न्यौपानको संगीत र म्युजिक एरेन्ज रहेको छ । भिडियोमा असल सुब्बा र श्रद्धा प्रसाई फिचरिङ भएका छन्। विशाल भण्डारीले निर्देशन गरेको गीतको भिडियोलाई अर्जुन तिवारीले खिचेका छन् भने निशान घिमिरेको सम्पादन छ ।

टंकको ‘दशैँ आयो’
गायक टंक बुढाथोकीले दशैँ छेको पारेर ‘दशैँ आयो’बोलको नयाँ दशैँ गीत सार्वजनिक गरेका छन् । गीतमा दिपक पाण्डेको शब्द र संगीत छ । गीतको भिडियोमा मोडल सुप्रिया कटुवाल, बलराम, लक्ष्मी, मोहन, जुलियन कार्की लगायत देखिएका छन् । समन अधिकारी र दिपेन्द्र थपलियाले खिचेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । गीतको भिडियो निर्देशन समन अधिकारीले गरेका हुन् ।

Leave A Comment