यामाहाको फेसिनो चारडुअल टोन कलरमा

बिहिबार, २९ भदौ २०७४, १२ : ०४ शुक्रवार , Kathmandu
यामाहाको फेसिनो चारडुअल टोन कलरमा

यामाहाले आफ्नो स्कुटर फेसिनोको डिजाइन र मेकानिक्समा सुधार गर्नुका साथै बिएस ४ उत्सर्जन मापदण्डअनुसार बजारमा ल्याएको छ । डुअल टोन एक्सटेरियरले गर्दा नयाँ यामाहा फेसिनो थप आकर्षक बनेको कम्पनीले जनाएको छ ।
फेसिनो अब ब्लेन्डिङ ब्लु, फ्युसन रेड, युनाइट ह्वाइट र मिङ्गलिङ सायन गरी चार आकर्षक डुअल टोन कलरमा उपलब्ध छ । नयाँ यामाहा फेसिनोको मूल्य एक लाख ९४ हजार नौ सय रहेको कम्पनीले जनाएको छ ।
यो अटोमेटिक स्कुटरमा एक सय १३ सिसीको एयर–कुल्ड एसओएचसी इन्जिन छ, जसले भी–बेल्ट अटोमेटिक ट्रान्समिसन गर्छ । बिएस४ मापदण्डको इन्जिनले ७५०० आरपिएममा७.१ पिएस बराबरको अधिकतम पावर र ५००० आरपिएममा ८.१ एनएमटर्क उत्पन्न गर्ने कम्पनीले जनाएको छ ।
नयाँ फेसिनोमा स्टाइलिस मिटर कन्सोल, आकर्षक हेड ल्याम्प, डुअल टोन कलर स्किम, आकर्षक ग्राफिक्स, थ्री डी लोगो, क्रोम फिनिसिङ भएको रियर भ्यु मिरर, २१ लिटरको बुट, हुक, लामो सिट, ग्य्राबबार र अन्य विशेषता छन् ।
नयाँ स्कुटरमा किक र इलेक्ट्रिक स्टार्ट दुवैको सुविधा छ । फेसिनो स्कुटरमा टेलिस्को पिकफोर्क र ड्रम ब्रेक उपलब्ध छ ।

Leave A Comment