सिमरन भइन् मिस प्लस टु विजेता

बिहिबार, २९ भदौ २०७४, १२ : ०० शुक्रवार , Kathmandu
सिमरन भइन् मिस प्लस टु विजेता

किशोरी छात्राहरुमा आत्मविश्वास एवं व्यक्तित्व विकास गराउने उद्देश्यले आयोजित मिस प्लस २ को उपाधि काठमाण्डौंकी सिमरन तुलाधरले जितेकी छन् । सोमबार राति धरान ८ स्थित सभागृहमा सम्पन्न भएको ग्रान्ड फेनालेमा काठमाडौं न्युरोड स्थायी घर भएकी सिमरनले पहिलो मिस प्लस २ को ताज पहिरिएकी हुन् ।
उत्कृष्ट ५ मा परेकी उनले मुख्य निर्णायक एवं पुर्व मिस नेपाल उषा खड्गीले सोधेको प्रश्नमा उत्कृष्ट जवाफ दिदै उनले पहिलो सँस्करणमा उपाधि विजेता बनिन् । काठमाण्डौं स्थायी ठेगाना भएपनि विजेता सिमरन कक्षा ८ देखि धरानको विष्णु मेमोरियल उच्चमाविमा पढेकी हुन् । उनले सोही स्कुलबाट कक्षा १२ को परीक्षा दिएर बसेकी हुन् । आफ्ना दिदीसँग धरान बसेकी उनी अब उच्च शिक्षा तथा एयर होस्टेजको तालिम लिन राजधानी जाने तयारीमा छिन् । विजेता तुलाधरले नगद ४५ हजार, क्राउन र ट्रफी हात पारिन् । साथै, काठमाण्डौंस्थित लिटल एञ्जल्स कलेज अफ म्यानेजमेन्टमा ४ बर्षे ब्याचल अफ बिजनेश इन्फरमेशन सिस्टम बिषयमा छात्रवृत्ति, एउटा लाभा मोवाइल, ओपो गिफ्ट ह्याम्पर र बराह ज्वेलरी गिफ्ट ह्याम्पर पनि पाइन् ।
यसैगरि, स्पर्धामा डिपो आदर्श बहुमुखी क्याम्पसमा कक्षा १२ मा अध्ययनरत विलम राई फष्ट रनरअप भइन् भने एम्स एकेडेमीमा कक्षा १२ की छात्रा आरती बस्नेत सेकेण्ड रनरअप भइन् । विलमले नगद २५ हजार, क्राउन र डिपोमा ४ बर्षको ब्याचलर लेभलमा छात्रवृत्ति पाइन् । यस्तै, आरतीले नगद १५ हजार, क्राउन र मेघा कलेजमा ४ बर्षको ब्याचलर लेभलमा छात्रवृत्ति पाइन् । यो बाहेक दुवै विजेताले ओपो गिफ्ट र बराहको गिफ्ट ह्याम्पर पनि हात पारे ।
यसबाहेक, टाइटल अवार्डतर्फ सगरमाथा मिस फ्रेण्डसिप जानुका राई, धरान इञ्जिनियरीङ मिस डिसिप्लिन विलम राई, पिपल सप मिस ब्युटिफुल र प्रदिप विष्णु वेष्ट ड्रेस सिसम गुरुङ, सुलभ सहकारी मिस फोटोजेनिक ममता राई, सोताङ अग्र्यानिक मिस ट्यालेण्ट र एम्स मिस पर्सनालिटी आरती बस्नेत, नेशनल मिस वेष्ट वाक वसन्ती तामाङ र बुढासुब्बा डेन्टल मिस स्माइल मुनाल राईले हात पारिन् । फाइनलमा कुल २५ प्रतिस्पर्धी छात्राहरु थिए । उनीहरुको प्रस्तुतीको आधारमा निर्णायकहरुले टप ५ छनौट गरेका थिए । जसमा विजेता ३ छात्राबाहेक सुष्मा लिम्बू र मनिमा लिम्बू पनि परेका थिए ।

 

Leave A Comment