गागाले संगीत छाडिन् ?

बिहिबार, २९ भदौ २०७४, ११ : ५० शुक्रवार
गागाले संगीत छाडिन् ?

लेडी गागाले केही समय संगीत र सांगीतिक गतिविधिबाट विमुख रहने बताएकी छन् । आफूसँग अरु कामका प्रोजेक्ट आइलागेर उनले संगीतबाट केही समय विश्राम लिन लागेकी भने होइनन् । बिलबोर्ड सँग बोल्दै उनले व्यक्तिगत रुपमा शान्त रहेर सोचविचारका लागि संगीतबाट केही समय अलग हनुे बताएकी छन् । ‘तर म यसरी खाली बस्दा मसँग कुनै काम नभएको भने हैन ।’ गागाले कुराकानीमा भनेकी छन् । पत्रकारको प्रश्न उनी केही क्षण भावुक समेत बनेको बताइएको छ । आफ्नो स्वास्थ्यको हेरविचार गर्न नभ्याउँदा आफ्नो स्वास्थ्यमा गडबढी आएपछि उनी विश्राम लिन लागेको धेरैको अड्कल छ ।

 

Leave A Comment