केट पुनः गर्भवती

बुधबार, २८ भदौ २०७४, १० : २३ शुक्रवार , Kathmandu
केट पुनः गर्भवती

केट मिडलटन पुन गर्भवती भएको र यो कुरा साँचो भएको विदेशी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । योसँगै बेलायती राजकुमार विलियम पत्नी केट अब तेस्रो सन्तानकी आमा हुने पक्का भएको छ । केटका यसअघि छोरा जर्ज र छोरी चार्लोट जन्मेका थिए । केही समअघि उनको पुट्ट पेट देखेर केही ट्याब्लोइडले उनी गर्भवती हुन सक्ने समाचार यतिबेला साँचो साबित भएको छ । किङ्गस्टन प्यालेसले जर्ज र चालोर्टलाई नयाँ साथी आउने कुरालाई सार्वजनिक गरेसँगै यो कुरा बाहिर आएको हो । नयाँ सन्तानको आगमनको खबरसँगै राज परिवारमा खुसीयाली छाएको छ ।

Leave A Comment