जापानका विचित्रका विवाह फोटो

सोमबार, २६ भदौ २०७४, ०९ : ३४ शुक्रवार
जापानका विचित्रका विवाह फोटो

जापानको टोकियोमा रहेका फोटोग्राफर हारुहिको कावागुचीले खिच्दै आएका नौलो फोटो शृंखला हेर्नेहरुको केही समय सास अड्किन्छ । ‘फ्लेस लभ’ शीर्षकमा हारुहिले भ्याक्युम सिल लगाइएका प्लास्टिक झोलामा जोडीहरुलाई राखेर फोटोहरु खिचाएसँगै सनसनी फैलिएको छ । हारुहिका भन्छन्, ‘यी जोडी एकअर्कासँग कत्तिको नजिक छन् र कत्तिको प्रेमपूर्वक जीवनयापन गरिरहेका छन् भन्ने हो ।’ हेर्दा समान्य लाग्ने यस्ता तस्बिर खिच्न जोखिम भने निकै मोल्नुपर्छ । सुरुमा जोडीहरुको शरीरमा चिल्लो पदार्थ लगाइन्छ ताकि त्यसले प्लास्टिकमा घर्षण पैदा नगरोस् भनेर । भ्याक्युमले प्लास्टिकभित्र रहेको हावा सोस्छ र जोडीहरुलाई आरामदायी रुपमा प्रस्तुत हुन सहयोग गर्छ । अनि त्यसपछि हारुहिले छिटोछिटो क्यामेरा निकाल्छन् र कम्तिमा दुई प्रति फोटो खिच्छन् र सहयोगीलाई तुरुन्त प्लास्टिक झोला निकाल्न अह्राउँछन् । जोडीहरुले कम्तिमा १० सेकेन्डसम्म सास बन्द गर्नुपर्ने हुन्छ । प्लास्टिकको मुख खोलिसकेपछि उनीहरुलाई अक्सिजनको बट्टा दिइन्छ । उनीहरुको सुरक्षालाई ख्याल गर्दै औषधिहरु पनि राखिएको हुन्छ । खतरा हुँदाहुँदै पनि आफ्ना नौला फोटोहरु देखेर नवविवाहित जोडीहरु खुसी हुँदा र धेरैको आँखामा पर्दा हारुहिका खुसी छन् ।

Leave A Comment