श्रीलंकामा मस्त मुग्धा

सोमबार, २६ भदौ २०७४, ०९ : २५ शुक्रवार
श्रीलंकामा मस्त मुग्धा

बलिउड बाला मुग्धा गोड्से र प्रेमी राहुल देव सामाजिक सञ्जालमा निष्क्रियजस्तै छन् । उनीहरु आफ्नो व्यक्तिगत जीवनलाई सार्वजनिक गर्न निकै सोच विचार गर्छन् । केही दिन अघि उनीहरुले लामो समयदेखिको मौनता तोड्दै आफूहरु प्रेममा रहेको कुरा सार्वजनिक गरेका छन् । आजभोली मुग्धा र राहुल एक साथीको विवाह समारोहमा सरिक हुन श्रीलंकामा छन् । उनीहरुले सार्वजनिक गरेका फोटोमा पोखरी छेउमा दुवैजना मस्त घाम ताप्दै गरेको देख्न पाइन्छ । मुग्धा पनि विकिनीमा निकै सुन्दर देखिएकी छन् । बिग बोस १० मा अन्तिपटक देखिएका राहुललाई केही समयअघि पत्रकारहरुले ‘विवाहबारे के सोच ?’ भन्दा राहुलले आफू विवाह गर्न हतारमा नरहेको तर मुग्धा आफ्नो लागि विशेष रहेकी र आफ्नो जीवनको एक घडीमा उपस्थित हुँदा खुसी लागेको बताएका थिए ।

Leave A Comment