नेपाललाई स्वस्थ बनाउने योजना

आइतबार, २५ भदौ २०७४, ०१ : २७ दिलीप पौडेल , Kathmandu
नेपाललाई स्वस्थ बनाउने योजना

हेल्थ एन्ड हेल्थ नेपाल प्रालिले नेपालमा तापीय पद्यतिबाट विभिन्न रोगका बिरामीको उपचार गर्दै आएको छ । चीनको बहुराष्ट्रिय कम्पनीसँग समन्वय गरेर प्राकृतिक जेड स्टोन जडित अत्याधुनिक उपकरणद्वारा मानव शरीरलाई तापक्रम प्रदान गरी स्वस्थ रहन सघाउँदै आएको हेल्थ एन्ड हेल्थ नेपाल प्रालिका प्रबन्धक केशवकुमार बुढाथोकीसँग शुक्रबारका लागि दिलीप पौडेलले गरेको कुराकानी :
यहाँको कम्पनीले के सेवा दिँदै आएको छ ?
हामीले तापीय प्रणालीअन्तर्गत स्वास्थ्यसँग सम्बन्धित सामग्री ल्याएका छौँ । ग्लोबल फेम्ली हेल्थ सर्भिस प्रोभाइडरमार्फत् उपकरणहरु ल्याएर उपचार गर्ने गरेका छौँ । स्वास्थ्य मन्त्रालयको अनुमतिमा सञ्चालित यो स्वास्थ्य संस्थाले मुख्यगरी उपचार गर्छ ।
के कस्ता रोगको उपचार गर्नु हुन्छ ?
तापीय पद्दतिको प्रविधिबाट मेरुदण्ड, नशा, शरीरको आन्तरिक रुपमा सुधार ल्याउनको लागि मद्दत गर्छ । आँखा, नाक, कान, घाँटी, कलेजो, फोक्सो, मृगौला, आन्द्रा, पाठेघर आदिमा देखिएको समस्याको उपचार गरिन्छ । शारीरिक थकान, मानसिक थकान, मांसपेसीको दुखाइमा सुधार गर्नुका साथै ढाडको दुखाइमा पनि आराम दिलाउँछ ।
अन्य उपचार पद्दति र यसमा के फरक छ ?
यसमा कुनै प्रकारको साइड इफेक्ट पर्दैन । मेडिकल्ली इक्युप सामान भएकाले मांसपेसीमा ताप दिएर सेल्सलाई सक्रिय गराउँछ । मानव स्वास्थ्यको लागि प्रयोग गरिने प्राकृतिक जेड स्टोन जडित अत्याधुनिक सामग्री प्रयोग गर्छौं । रोग मात्र नभएर रक्त सञ्चार प्रक्रियामा सुधार ल्याउन सघाउँछ । रक्तचाप, सुगर, एलर्जी, छालाको समस्यामा सुधार ल्याउँछ । स्वस्थ्य रहन मद्दत गर्नुका साथै शरीरको प्रतिरोधात्मक क्षमता बढाउँछ । शरीरका प्रमुख अंगलाई सक्रिय र स्वस्थ बनाउन मद्दत पुग्छ । शरीरलाई स्फुर्ती राख्न पनि यो पद्दतिले टेवा पुग्छ ।

प्राकृतिक जेड स्टोनले मानव स्वास्थ्यमा के फाइदा दिन्छ ?
जेड स्टोनमा मानव स्वास्थ्यका लागि अत्यावश्यक तत्वहरु जस्तै आइरन, म्याग्नेसियम, कोवाल्ट, क्याल्सियम, सेलेनियम, जिङ्क, निकल लगायतका तत्वहरु समाहित छन् । निश्चित तापक्रममा उक्त ढुंगा तातेपछि मानव शरीरलाई आवश्यक तत्व प्रदान गर्छ । शरीरमा तापक्रम बढेपछि स्वतः रक्त सञ्चालन हुन्छ र कोषकोषिकालाई क्रियाशील गराई रक्त सञ्चार प्रणालीमा सुधार ल्याउँछ । यसो हुँदा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
कति समयमा बिरामीले आफूलाई निको भएको अनुभूत गर्छन् ?
एलोपेथिक जस्तो तुरुन्त रिजल्ट दिने भन्दा पनि क्रमशः बिरामी निको हुँदै यसको फाइदा दीर्घकालीन रुपमा प्राप्त गर्न सक्छन् । क्रमशः सुधार गर्नुपर्ने जस्तै अधिक तौल, अनावश्यक बोसो, भद्दापन, मोटोपनबाट राहत दिलाउन, मेरुदण्डलाई स्वस्थ, सन्तुलित र मजबुत बनाउन, प्यारालाइसिस हुनबाट पनि जोगाउँछ ।
विश्वास गर्ने आधार के छ ?
हामीसँग सफलता रिपोर्ट छन् । बिरामीले अनुभूति गरेका छन् । यहाँ थेरापी गर्दा निको भए पनि केहीले डिभाइस लिएर गएका पनि छन् । हामी औषधिको प्रयोग गर्दैनौं । यो नेचुरल लाइट वेभहरुबाट उपचार हुन्छ । लाइटमा हुने सिस्टमबाट उपचार गर्ने हो । यसले आराम दिन्छ । हामीसँग थेरापीको डिभाइसमा राखेर उपचार गर्ने हो । सरुवा रोगीलाई यहाँ उपचार गर्दैनौं । बेडमा सुताउँदा सर्न सक्छ ।
यहाँले प्रयोग गरेका उपकरणको विश्वसनीयता के छ ?
हामीले प्रयोग गरेका उपकरण अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त छन् । आइएसको सर्टिफाइड कम्पनीले उत्पादन गरेका हुन् । नेपाल मात्र नभएर क्यानडा, अमेरिका, जापान, जर्मनी, रसिया, अस्ट्रेलिया, भारत, युरोपेली मुलुक लगायत विश्वका ९० भन्दा बढी देशमा यी उपकरणको प्रयोग गरेर उपचार भइरहेको छ ।
उपचार कति खर्चिलो छ ?
उपचार निकै सस्तो छ । एक घण्टाको ७५ रुपैयाँ मात्र लिने गरेका छौँ । यहाँ सिकेर आफैँ घरमा लगेर प्रयोग गर्न सक्छन् । न्यूनतम १५ दिनमा आफैँले अनुभूत गर्न सक्छन् ।
व्यवसाय सञ्चालनको चुनौती के छ ?
बिरामीलाई तत्काल निको हुनु परेको छ । एलोपेथिकले पार्ने असरको बारेमा चेतना छैन । यो कुनै साइड इफेक्ट नहुने भए पनि अझै बुझाउन सकिएको छैन ।
नयाँ योजना के छ ?
नेपाललाई हेल्दी बनाउने योजना छ । सस्तो पैसामा उपचार दिन मुलुकभर यस्ता केन्द्र बिस्तार गर्ने तयारी गरेका छौँ । सरकारले पनि देशभर सञ्चालन गर्न आग्रह गरिरहेको छ ।

 

Leave A Comment