कसरी गर्ने क्लिजिङ

आइतबार, २५ भदौ २०७४, ०१ : २२ शुक्रवार , Kathmandu
कसरी गर्ने क्लिजिङ

क्लिजिङले मानिसहरुको छालालाई स्वस्थ र सुन्दर बनाउँछ । क्लिजिङ गर्दा कचौरा, पफ (मुहार पुछ्ने सामग्री), क्लिजिङ मिल्क,  भिटामिन ई (छालामा लगाउने), कालो खिल निकाल्ने पिन, फेस प्याक, तौलिया आवश्यक पर्छ । कुनै पनि उमेरका मानिसहरुले क्लिजिङ गर्न सक्छन् । क्लिजिङ घरमा र ब्युटी पार्लर दुवैमा गर्न सकिन्छ । क्लिजिङले अनुहारलाई सफा गर्ने काम गर्छ ।
घरमा  क्लिजिङ गर्न कम समय लाग्ने गर्छ । क्लिजिङ गर्दा मुहार धुने कार्य मात्र गर्नुपर्छ । यसका लागि १० देखि १५ मिनेट लाग्छ । घरमा गरेको क्लिजिङ ब्युटी पार्लरको जस्तो राम्रो त हुँदैन तर हतारको कामका लागि समय वचत गर्न यो उपयुक्त हुन्छ । ब्युटी पार्लरमा क्लिजिङ गर्दा आरामदायी बेडमा सुताइन्छ । क्लिजिङ गर्नुपर्ने व्यक्तिको कपडामा क्लिजिङ लाग्न सक्छ भनेर उसलाई चारैतिरबाट तौलियाले ढाकिन्छ ।
क्लिजिङ गराउँदा आज गरेको छ भने भोलि नै गर्नु हुन्न भन्ने छैन । हाम्रो अनुहारको छालालाई वातावरणले पार्ने प्रभावका आधारमा दैनिक रुपमै क्लिजिङ गर्न सकिन्छ । तर क्लजिङ हप्ताको एक दुई पटक गर्दा राम्रो हुन्छ ।  क्लिजिङ गर्दा चाहिने सामग्रीहरु हातले भेट्न सक्ने ठाउँमा राख्नुपर्छ ।
 क्लिजिङ गर्दा सबैभन्दा पहिले पानीले पफ भिजाएर मुहार पुछ्नु पर्छ । त्यसपछि मुहारको छालाको प्रकार अनुसारको छाला तैलीय छ कि सुक्खा छ, त्यही अनुसारको फेसवास प्रयोग गरेर अनुहारलाई सफा गर्नुपर्छ । त्यसपछि १५ मिनेटसम्म मुहारलाई क्लिजिङ मिल्कले मालिस गर्नुपर्छ । मुहारको कालो खिललाई सम्बन्धित पिनले निकाल्नु पर्छ । त्यसपछि भिटामिन ईले अनुहारमा पाँच मिनेटसम्म मालिस गर्नुपर्छ । भिटामिन ईलाई अनुहारबाट राम्ररी पुछ्नु पर्छ । यसपछि मुहारमा फेसप्याक लगाएर १५ मिनेटसम्म छाडनु पर्छ । फेसप्याक राम्रोसँग सुकिसकेपछि पफको सहायताले पुछ्नुपर्छ । घाममा निस्कनुअगाडि अनुहारमा सन ब्लक क्रिम लगाउनु पर्छ ।

 

Leave A Comment