बूढो बाँदर बितेपछि

आइतबार, २५ भदौ २०७४, ०१ : १२ शुक्रवार , Kathmandu
बूढो बाँदर बितेपछि

चिडियाघरमा हुर्किएको आजसम्मकै बूढो बाँदर कहलिएको ४३ वर्षे माकुरे बाँदर बितेको छ । अरु माकुरे बाँदरको साधारण आयु २५ वर्ष मात्र हुन्छ । गत शुक्रबार न्युयोर्कको सेनेका पार्क चिडियाघरले आफ्नो चिडियाखानामा रहेको सबैभन्दा पुरानो जनावर बितेको भनेर फोटो सार्वजनिक गरेको थियो । उक्त चिडियाघरले फेसबुकमा लेखेको छ, ‘हाम्रोमा रहेको सबैभन्दा पुरानो पाहुना स्पाइडरम्यानको आज निधन भएको कुरा सुनाउनुपर्दा निकै दुःख लागेको छ ।’ स्पाइडरम्यान नामको माकुरे बाँदर लामो समयदेखि क्यान्सरपीडित रहेको उक्त पोस्टमा उल्लेख गरिएको छ । चिडियाघरले स्पाइडरम्यान आफ्नो अभिन्न अंगका रुपमा समेत रहेको उल्लेख गरेको छ । उसको निधनसँगै त्यहाँका कर्मचारी र पर्यटकहरु मर्माहत रहेको समाचारहरुमा उल्लेख छ ।

Leave A Comment