सन्तुरका विजयीलाई उपहार वितरण

शनिबार, २४ भदौ २०७४, ०१ : १० शुक्रवार
सन्तुरका विजयीलाई उपहार वितरण

कस्मेटिक ब्रान्ड सन्तुरले हरितालिका तीजको अवसरमा आयोजना गरेको ‘सन्तुर तीज फोट प्रतिस्पर्धा’को विजेता घोषणा गरेको छ । प्रतियोगितामा संगीता मानन्धर, अञ्जली नकर्मी श्रेष्ठ, रोशनी सिटौला, प्रविना प्रधान र कल्पना केसी विजयी भएका छन् । नायिका केकी अधिकारीको आतिथ्यमा ग्रान्ड होटल, काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी विजेता घोषणा गरिएको थियो । विजेतालाई अधिकारीले गिफ्ट प्रदान गरेकी थिइन् । गत साउन २८ मा सुरु भएको प्रतियोगिता भदौ १० मा सकिएको थियो । सन्तुरका कस्मेटिक सामग्री बजारमा उपलब्ध छन् ।

 

Leave A Comment