बुढेसकालको रहर

शनिबार, २४ भदौ २०७४, ०१ : ०८ शुक्रवार , Kathmandu
बुढेसकालको रहर

नयाँ शक्ति पार्टीमा लागेपछि विभिन्न खाले स्क्यान्डलमा आइरहने अभिनेत्री करिश्मा मानन्धर यतिबेला फेरि एक पटक चर्चामा छिन् तर यस पटकको चर्चा नकारात्मक छैन, प्रेरक छ । हजुर, करिश्मा यो पटक बुढेसकालमा पढ्न जाने कारणले चर्चामा छिन् ।

करिश्मा ४३ वर्षको उमेरमा कक्षा नौमा पढिरहेकी छन् । करिश्मालाई अचेल पार्टी र फिल्मका कार्यक्रममा भन्दा मैतिदेवीस्थित त्रिवेणी स्कुलमा साना–साना भाइबहिनीसँग पढ्दै गरेको देख्न सकिन्छ । उनले पढाइको महŒव बुझ्दै गएकाले फेरि  पढ्न थालेको बताएकी छन् ।

करिश्माले करिब १४ वर्षको उमेरमै ७ कक्षामा पढ्दापढ्दै ‘सन्तान’मा अभिनय थालेकी थिइन् । पहिलो फिल्मसँगै निरन्तर फिल्ममा व्यस्त रहेकी करिश्माले अघिल्लो सालबाट पढाइलाई निरन्तरता दिएकी हुन् । जिल्ला स्तरीय परीक्षामा सामेल भएर ९ कक्षामा पुगेकी करिश्माले पढाइलाई निरन्तरता दिने बताएकी छन् ।
अझ, रमाइलो त के छ भने करिश्माकी एक मात्र छोरी कविता अहिले अमेरिकाको एक युनिभर्सिटीमा स्नातक तहमा अध्ययन गरिरहेकी छन् । नेपालमा भनाइ नै छ, ‘पढ्न लेख्नलाई उमेरले छेक्दैन ।’ यो भनाइ करिश्मालाई जस्तो ठ्याक्कै अब कसलाई मिल्ला ?

Leave A Comment