पत्रकारको गैरआख्यान ‘भुइयाँ’

बिहिबार, २२ भदौ २०७४, ०८ : ५० शुक्रवार , Kathmandu
पत्रकारको गैरआख्यान ‘भुइयाँ’

पत्रकार तथा लेखक यज्ञशको गैरआख्यान पुस्तक ‘भुइयाँ’ सार्वजनिक भएको छ । पुस्तकका लेखक यज्ञश, लेखक कुमार नगरकोटी तथा राष्ट्रिय मानव अधिकार आयोग सदस्य मोहना अन्सारीले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरे ।
फाइन प्रिन्टले प्रकाशन गरेका भुइयाँमा लेखकले पश्चिम केन्द्रित भएर १२ वटा सामान्य मान्छेका कथालाई पेश गरेका छन् । लेखक कुमार नगरकोटीले पुस्तकको लेखनशैली जीवन्त रहेको बताए । नगरकोटीले लेखक यज्ञशको प्रशंसा गर्दै भने, ‘उहाँ कविता लेख्नुहुन्न तर पुस्तकको प्रस्तुति काव्यात्मक लाग्यो ।’
यस पुस्तकका लेखक यज्ञशले सामाजिक न्यायको दयनीय अवस्थालाई पुस्तकमा समेटिएको बताए । उनले भने, ‘सामाजिक न्यायको पाटोमा धेरै काम हुन बाँकी छ । मिडियाले पनि मध्यम वर्गलाई मात्र जोड दिएको छ । त्यसैले मध्यम वर्गीय मान्छेका कथामाथि पुस्तक लेखेको हुँ।’
प्रकाशक फाइन प्रिन्टका अजित बरालले गैरआख्यान लेखनको कमी रहेको उल्लेख गर्दै ‘भुइयाँ’ले नेपाली समाजलाई अझ मानवीय बनाउन सहयोग पुर्याउने बताए ।

 

Leave A Comment