पेटको बोसो कसरी घटाउने ?

मङ्गलबार, २० भदौ २०७४, १० : १२ शुक्रवार
पेटको बोसो कसरी घटाउने ?

पेटमा जम्मा भएको अतिरिक्त बोसो कम गर्न घरेलु उपाय अपनाउन सकिन्छ । यसका लागि :
–तातो पानीमा कागतीको थोरै रस र नुन मिसाएर हरेक दिन बिहान पिउनु राम्रो हुन्छ । यसले तपाईंको मेटाबोलिजम दुरुस्त हुन्छ र तौल पनि कम हुन्छ ।
–सकेसम्म खैरो चामलको भात खानु राम्रो हुन्छ । यसका साथै आफ्नो खानामा ब्राउन ब्रेड, ओट्सजस्ता खाद्य प्रयोग गर्नुपर्छ ।
–पेटको बोसो कम गर्न मिठाईबाट टाढै भएको राम्रो । मिठाई र तैलीय पदार्थबाट कमभन्दा कम खाँदा बोसो घटाउने मिहिनेत कम गर्नुपर्छ । किनभने यस्ता खानाले शरीरमा अतिरिक्त बोसो जम्मा हुन्छ । यस्तो बोसो पेट, तिघ्राजस्ता अंगमा जम्मा हुने गर्छ ।
–पेटको बोसो काम गर्न धेरै पानी पिउनुहोस् । समयको अन्तरालमा नियमित रुपमा पानी पिउनाले मेटाबोलिजम बढ्छ र शरीरबाट विषालु पदार्थ बाहिर निस्कन्छ ।  
–बिहान काँचो लसुन खाने बानी गर्नुहोस् । यसले शरीरलाई फाइदा गर्छ । बिहान लसुनको दुई या तीन पोटी चपाएर तातोपानीमा कागती हाली पिउनाले शरीरको बोसो कम हुन्छ । यसबाट शरीरको रक्तप्रवाह पनि सुचारु गराउँछ ।
–मांसाहारी भोजनमा बोसोको मात्रा निकै हुन्छ । यसको बोसो शरीरमा जम्मा हुन्छ । शरीरमा बोसो धेरैजसो जम्मा भयो भने यसले स्वास्थ्यसम्बन्धी धेरै समस्या उत्पन्न हुन्छ । वास्तवमै तपाईं तौल कम गर्न चाहनुहुन्छ भने मांसाहार छाडेर शाकाहार भोजन गर्नु राम्रो हुन्छ ।
–खानामा फल र सागसब्जी सामेल गर्नुपर्छ । बिहान–बेलुकी एक कचौरा फल र सागसब्जी खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसले तपाईंको शरीरमा अति आवश्यक तŒव एन्टिअक्सिडेन्ट, मिनरल र भिटामिन दिन्छ ।
–बदाममा भिटामिन ई र प्रोटिनका अलावा फाइबरको मात्रा पनि राम्रो हुन्छ । यसको नियमित सेवनले तपाईंलाई लामो अवधिसम्म टन्न भरिएको महसुस गराउँछ । यसमा क्यालोरीको मात्रा बढी भए पनि मोटोपन भने बढाउँदैन ।
–  खाना पकाउँदा तौल बढाउने खालका मसलाको प्रयोग गर्नु हुँदैन । खानामा अनिवार्य रुपमा दालचिनी, अदुवा तथा मरिचको प्रयोग गर्नुपर्छ । यी मसला स्वास्थ्यका लागि फाइदाजनक हुन्छन् । यसले तपाईंको इन्सुलिन क्षमतालाई बढाउने काम गर्छ । यसले चिनीको मात्रालाई पनि कम गर्छ ।

Leave A Comment