प्रिसिला चानलाई पुत्री लाभ

मङ्गलबार, २० भदौ २०७४, १० : १० शुक्रवार
प्रिसिला चानलाई पुत्री लाभ

चर्चित सामाजिक सञ्जाल फेसबुक संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मार्क जकरबर्ग पत्नी प्रिसिला चानलाई दोस्रो सन्तानको रुपमा पुत्री लाभ भएको छ । मंगलबार फेसबुकमा पोस्ट राख्दै जकरबर्गले पुत्री लाभ गरेको अफिसियल घोषणा गरेका थिए । गत २०१५ मा पहिलो सन्तानका रुपमा उनीहरुले पुत्री लाभ गरेका थिए । पहिलो छोरीको नाम म्याक्स राखेका उनीहरुले दोस्रो छोरीको नाम अगस्ट राखेका छन् । म्याक्स जन्मँदासमेत फेसबुकमा खुलापत्र लेखेर स्वागत गरेका जकरबर्गले यस पटक म्याक्सलाई सम्बोधन गर्दै अगस्टलाई रमाइलो पत्र लेखेका छन् । जकरबर्गले पत्रमा सबल र सक्षम विश्वको कामना गर्दै छोरी जन्मेको खुसियाली साटेका छन् ।

Leave A Comment