मरिस्कालाई छैन काम

मङ्गलबार, २० भदौ २०७४, १० : ०४ शुक्रवार
मरिस्कालाई छैन काम

जो कोही निर्माता निर्देशक भेट्यो, नयाँ हिरो–हिरोइनको खोजीमा हुन्छन् । फिल्म जतिसुकै पुरानो किन नहोस्, निर्माता निर्देशकलाई नयाँ हिरो–हिरोइन चाहिएको छ । तर, हिरोइन खोज्ने भिडमा मरिस्का पोखरेलमा आँखा अड्याउने कोही छैन । उनको फुर्सद हेर्दा त्यही लाग्छ । मरिस्कारले ‘लम्फू’ यता अर्को फिल्म साइन गरेको खबर छैन । जबकि उनीसँगै डेब्यु गरेकाहरूलाई भ्याइनभ्याइ छ ।

मरिस्काले आकाश अधिकारी निर्देशित फिल्म ‘के म तिम्रो होइन र’बाट रजतपटमा डेब्यु गरेकी थिइन् । ‘कोहिनूर’ पछिको फिल्मको रुपमा हेरिएको थियो, फिल्मलाई तर चलेन । त्यसपछि मरिस्काले दोस्रो फिल्मको रुपमा ‘चपली हाइट २’ पाइन् । यो पनि हिट फिल्मको सिक्वेल थियो र वर्षकै हिट निर्देशकले निर्देशन गरेका थिए । तर, यो फिल्म हिट हुनु त परेको कुरा, भएका दर्शकसमेत भड्कायो । यस्तोमा धन्न ‘लम्फू’ टिमले मरिस्कालाई पत्यायो । यो फिल्म कहिले रिलिज हुने हो, त्यसको कुनै टुंगो छैन । तर हिरोइनको यस्तो डिमान्ड भइरहेको समयमा पनि खाली बस्नु भनेको राम्रो संकेत होइन । मरिस्काले व्यस्त हुने बाटो खोज्ने हो कि ?

Leave A Comment