गोविन्दले दिए ‘पानफूले पछ्यौरी’

मङ्गलबार, २० भदौ २०७४, १० : ०२ शुक्रवार , Kathmandu
गोविन्दले दिए ‘पानफूले पछ्यौरी’

अभिनेत्री पूजना प्रधानलाई म्युजिक भिडियो निर्देशक एवं मोडल गोविन्द पुन मगरले ‘पानफूले पछ्यौरी’ दिएका छन् । गोविन्दले आफ्नै स्वरमा बजारमा ल्याएको मौलिक दोहोरी गीत ‘पानफूले पछ्यौरी’को म्युजिक भिडियोमा अभिनेत्री पूजनालाई पानफूले पछ्यौरी दिएका हुन् । म्युजिक भिडियोमा पूजना र गोविन्दले  अभिनय गरेका छन्  ।
झण्डै दुई दर्जन बढी म्युजिक भिडियो निर्देशन गरिसकेका गोविन्द बहुप्रतिभाशाली कलाकार हुन् । मोडलिङबाट नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो यात्रा सुरु गरेका गोविन्दको निर्देशनसँगै शब्द र लय सिर्जनामा पनि उत्तिकै दख्खल छ । हालसम्म थुप्रै गीतमा आफूले शब्द र लय सिर्जना गरेर अरुलाई गाउन दिँदै आएका उनले यस पटक भने आफैंले गाएका छन् ।
‘पानफूले पछ्यौरी’को गीतमा उनलाई देवी घर्तीमगरले स्वरमा साथ दिएकी छन् । उनको आफ्नै शब्द सिर्जना र दानबहादुर श्रीसमगरको लय संकलन रहेको यस गीतको म्युजिक भिडियो छायाङ्कन भने स्याङ्जाको हरिनाश गाउँपालिका–४, चित्रेभञ्ज्याङमा गरिएको हो । टाइगर्स फिल्म्स प्रालिले बजारमा ल्याएको म्युजिक भिडियोको छायांकन दानबहादुर श्रीसमगर र मिलन गुरुङ तथा सम्पादन दानबहादुर श्रीसमगरले गरेका हुन् ।

Leave A Comment