पुनमको तडकभडक

मङ्गलबार, २० भदौ २०७४, १० : ०० शुक्रवार
पुनमको तडकभडक

पुनम पाण्डेले हंगामा नमच्चाएको त कुनै महिना वा साता नै हुँदैनजस्तो भएको छ । झन् सामाजिक सञ्जालको व्यापकतासँगै पुनमलाई अन्टसन्ट गर्दै हंगामा मच्चाउन सजिलो भएको छ । गत साता पुनमले आफ्नो नग्न तस्बिर इन्स्टाग्राममा पोस्टिदै पुनः बलिउड तताएकी हुन् । ऐनाअगाडि खिचिएको नग्न सेल्फी तस्बिरमा उनको स्पोर्टी फिगर खुलेको छ । ‘मर्निङ पिक’ भन्दै एकाबिहानै इन्स्टाग्राममा फोटो पोस्टेर पुनमले तहल्का मच्चाएकी हुन् । पुनमको अपार्टमेन्ट र बेडरुम निकै आधुनिक भएको बलिउडमा सुन्न पाइन्छ । पत्यार लाग्दैन भने पुनमको इन्स्टाग्राम आजै चेक गर्नुहोस् ।

 

Leave A Comment