बोल्ड मान्यता

सोमबार, १९ भदौ २०७४, ०९ : ४९ शुक्रवार , Kathmandu
बोल्ड मान्यता

सञ्जय दत्त श्रीमती मान्यता दत्तका बोल्ड फोटोका कारण अचेल हैरान छन् । सामाजिक सञ्जालमा निकै सक्रिय मान्यता इन्स्टाग्राममा हालै बोल्ड फोटो राखेकै कारण सञ्जय हैरान भएका हुन् । छोटा पहिरनमा कामूक तस्बिरहरु पोस्टिन मन पराउने मान्यता जहाँ पुगे पनि फोटो अपलोड गर्न तल्लिन हुन्छिन् । पछिल्लो समय मान्यता झन् कामूक हुँदै गएको बलिउड पण्डितहरु बताउँछन् । मान्यताको कामुकता पति सञ्जय दत्तलाई भने पाच्य भएको छैन ।सार्वजनिक रुपमै भड्किला तस्बिर राख्दा सञ्जय तनावमा परेका हुन् । अभिनयमा रुचि भएपनि सञ्जयकै कारण मान्यता फिल्म खेल्न नपाउँदा आफूलाई सामाजिक सञ्जालमा आफूलाई त्यसरी प्रस्तुत गरेको मान्यताका निकटका मानिसहरु बताउँछन् ।

Leave A Comment