पूर्व पोर्नस्टारलाई आएसको धम्की

सोमबार, १९ भदौ २०७४, ०९ : ४७ शुक्रवार , Kathmandu
पूर्व पोर्नस्टारलाई आएसको धम्की

संसारभर धेरै हेरिने र खोजिने पोर्नस्टारलाई आईएसका सदस्यबाट अनलाइनमा धम्की दिन थालिएको छ । २४ वर्षे पूर्व पोर्नस्टार मिया खलिफाले आफूलाई अनलाइनमा आईएसका मानिसहरुले ज्यान मार्ने धम्की दिएको र टाउको छिनाउने धम्की दिएको बताएकी हुन् । अमेरिकालाई कर्मथलो बनाउँदै लेबनानबाट आएकी मिया केही समय पहिले हिजाब पहिरिएर पोर्न फिल्म खेलेकी थिइन् । मियालाई अनलाइनमा फोटो म्यानुप्लेट गरिएरका तस्बिरहरु पनि आईएसका प्रतिनिधिहरुबाट आइरहेको छन् । ‘उनीहरुले मलाई मार्न नै चाहन्छन्,’ द स्पोर्ट जंकिजसँग मियाले भनेकी छन्, ‘मलाई त यो केही समयमा हराएर जाला भनेको उनीहरु बारम्बार यही कुरा लिएर मलाई पछ्याइरहेका छन् ।’ क्रिस्चियन परिवारमा जन्मेकी मिया १० वर्षको उमेरमा अमेरिका आएकी थिइन् । क्रिस्चियन परिवारकी भएर पोर्न फिल्ममा मुस्लिम धार्मिक पहिरन हिजाबको दुरुपयोग गरेको विषय समातेर मियालाई धम्की आएको सञ्चारमाध्यममा उल्लेख छ । २०१५ देखि पोर्न फिल्म खेल्न छाडेकी मिया संसारभर धेरै खोजिने पोर्नस्टार हुन् ।

 

Leave A Comment