फ्लपमा प्रेमको घाउ

सोमबार, १९ भदौ २०७४, ०९ : ४५ शुक्रवार , Kathmandu
फ्लपमा प्रेमको घाउ

आना शर्माको दोस्रो फिल्म ‘ग्याङस्टर ब्लुज’ बक्स अफिसमा फ्लप साबित भएको छ । भनेजति हाइप हुँदा पनि फिल्मले दर्शक कज्याउन सकेन । तर आना शर्माले फिल्मको असफलताको चोट भुलाउन प्रेमको सहारा लिएकी छन् । फिल्म रिलिज भएको हप्ता नै प्रेमीसँगका किसिम किसिमका फोटो राखेर उनले धेरैको ध्यान अन्त मोडेकी छन् ।
फिल्म ‘जेरी’ताका आना अनमोल केसीको प्रेममा थिइन् तर अनमोल ‘ड्रिम्स’ को रिलिजमा व्यस्त भएसँगै दुवैको बाटो अलग भएको थियो । आनाले अरु कसैका लागि अनमोललाई छाडेको चर्चा थियो तर ती को थिए अनुमानमा मात्र सीमित थियो । तर, इन्स्टाग्राममा सोनाम छिरिङ शेर्पासँगको फोटा राख्दै आनाले अनुमानको खेतीको अन्त्य गरिदिएकी छन् । सोनाम थाम्सुक ट्रेकका मालिक लाक्पा सोनाम र नेपालको पहिलो सगरमाथा आरोही पासाङल्हामु शेर्पाका कान्छा छोरा हुन् ।
स्विजरल्यान्डमा होटल म्यानेजमेन्ट पढिरहेका सोनाम बिदाको समयमा काठमाडौं आएका थिए । दुवैलाई फिल्म ‘ग्याङस्टर ब्लुज’को प्रिमियरमा पनि सँगै देखिएको थियो । पत्रकारको शंकाको घेरामा परेका उनीहरूले आफूलाई लुकाउने प्रयास गरेका थिए । केही दिनपछि भने आना स्वयंले इन्स्टामा फोटो राख्दै आफ्नो प्रेम छताछुल्ल पारेकी हुन् । प्रेम गरेपछि किन डराउनु ? हैन त, आना ?

 

Leave A Comment