अमलाका फाइदा

सोमबार, १९ भदौ २०७४, ०९ : ४१ शुक्रवार , Kathmandu
अमलाका फाइदा

अमला प्रकृतिले दिएको अमूल्य उपहार हो । यसमा प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ । अमला खानाले आँखाको शक्ति बढ्छ । रोचक त के छ भने साना बालबालिकालाई झाडापखाला लागेका बेला यो खुवाउँदा सोको नियन्त्रणसमेत गर्छ । आयुर्वेदिक दृष्टिकोणले पनि अमलाको महत्व धेरै छ । अमलामा रहेको तत्वले दिमाग तेज बनाउँछ । त्यसैगरी छालाका कतिपय समस्यालाई पनि हटाउँछ ।  
–अमलाले कपाललाई पनि निकै फाइदा पुर्याउँछ । यसले कपाललाई बाक्लो, कालो र चम्किलो बनाउँछ । यसले कपाललाई  टुक्रनबाट रोक्छ । अमला खानुका साथै कपालमा कुटेर लगाउनाले पनि कपाल राम्रो हुन्छ ।
–अमलाले आँखाको ज्योति बढाउन मद्दत गर्छ । अमलाको नियमित सेवनले रतन्धो हुन दिँदैन । अमलाको जुसमा थोरै मह मिसाएर पिउनाले आँखालाई एकदमै फाइदा पुग्ने गर्छ ।
–रोग प्रतिरक्षात्मक प्रणाली मजबुत बनाउँछ ।
–अमलामा क्याल्सियम, प्रोटिन, भिटामिन, मिनरल्स लगायतका विभिन्न पोषक तत्वहरु पाइन्छ ।  यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ । यसको नियमित सेवनले शरीरको सेल बढाउनुका साथै स्फूर्त पनि राख्छ । अझ महिलामा देखापर्ने विभिन्न शारीरिक समस्याबाट मुक्त राख्न अमलाले विशेष भूमिका खेल्ने गर्छ । यसले विभिन्न इन्फेक्सनबाट पनि टाढै राख्छ । रक्त सञ्चालन गराउँछ र मुटुसम्बन्धी रोग लाग्नबाट पनि बचाउने गर्छ ।
–अमलाले रगतमा चिनीको नियन्त्रण गर्छ । चिकित्सकले समेत डाइबिटिज (मधुमेह रोग)का बिरामीलाई अमला खान सल्लाह दिने गर्छन् । अमलालाई मुरब्बा, जुस, अचार जे बनाएर  खान सक्नुहुन्छ । यसले मेटाबोलिज्म बढाएर शरीरलाई तागत दिन्छ । यसमा फाइबर हुन्छ, जसले पाचन प्रणालीलाई मजबुत बनाउने गर्छ । अमला खाँदा कब्जियत, अपच, पखालाजस्ता समस्या समाधान गर्छ ।
–अमलामा पानीको मात्रा पनि हुन्छ यसले पिसाबसम्बन्धी समस्या हटाउने गर्छ । अमलाले अनावश्यक नून, एसिडलाई पनि पिसाबका माध्यमले बाहिर निकाल्ने गर्छ । यसका कारण युरिक एसिड, मिर्गौलाका समस्या हटेर जान्छ ।
–    कोही मानिस उमेरै नपुगी बुढो देखिन्छन् । अमलाको नियमित सेवनले चाउरिएको अनुहार फुकाउँछ र बुढ्यौलीपनालाई कम गर्छ ।
–अमलाको सेवनले अनिद्राको  समस्या कम हुन्छ ।

Leave A Comment