केलीको कुरा

सोमबार, १९ भदौ २०७४, ०९ : ३५ शुक्रवार , Kathmandu
केलीको कुरा

केली जेनर पछिल्लो समय निकै तनावमा छिन् । सुगठित शरीरकी धनी उनी आफ्नो प्रतिभा पहिचान गर्न नसक्दा तनावमा रहेको बताइन्छ । पछिल्लो समय ‘लाइफ अफ केली’ नामक रियालिटी सो अन एयर भएसँगै उनका नराम्रा दिन सुरु भएका छन् । उनी सोमा भड्किलो र रुष्ट रुपमा प्रस्तुत भएको धेरैको गुनासो छ । संसारभरका युवाहरुमाझ चर्चित रहेकी उनी आफूलाई कोहीले नहेर्ने, मन नपराउने बताउँछिन् । आफ्नो रंगीन कपालको खिल्ली उडाउँदा उनलाई तनाव हुन्छ । केही अघि खाटमा लम्पसार परेको तस्बिरलाई ट्याबलोइड पत्रिकाहरुले छापिदिँदा आफ्नो व्यक्तिगत जीवनमा आँच पु¥याएको बताएकी थिइन् । केहीअघि उनका न्यूड तस्बिर बाहिरिएका थिए । यसअघि कहिल्यै नआएका तस्बिरहरुमा केली निकै कामूक देखिएकी छन् । आफ्नो भविष्य कल्पदै केलीले धेरै सम्पत्ति कमाउने र फार्म, बगैंचा र घोडा पाल्ने आफ्नो सपना रहेको एक अन्तर्वार्तामा बताएकी छन् ।

Leave A Comment